२१ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

वीरगंजबाट ३ हजार केजी मरिचसहित ट्रक प्रहरी नियन्त्रणमा

Logo
प्रकाशित शनिबार, पुष ०५, २०७६

न्यूजमधेश समाचारदाता
वीरगञ्ज,५ पुस। भारततर्फ तस्करी गर्न लागिएको अवस्थामा अबैध मरिचसहित ट्रक पर्सा प्रहरीले वीरगञ्जबाट नियन्त्रणमा लिएको छ। प्रहरीले भारततर्फ तस्करी गर्न लागिएको अवस्थामा ना २ ख ९८०२ नम्बरको मरिच लोड गरिएको ट्रक नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ बाट उक्त ट्रकमा लोड गरिएको १ सय २० बोरामा रहेको ३ हजार केजी मरिचसहित ट्रक नियन्त्रणमा लिएको हो।

वीरगञ्जबाट भारततर्फ जाँदै गरेको अवस्थामा प्रहरी टोलीलाई देख्न साथ ट्रकमा लोड रहेको मरिच सोही स्थानमा छाडी तस्करहरु भने फरार भएको पर्सा प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]