०९ कार्तिक २०८२, आइतबार
26-10-2025 , Sun
×

वस्तु तथा सेवा उपभोक्ता संरक्षण महासंघ नेपालको सिरहा जिल्ला संयोजकमा मो. अदुप

Logo
प्रकाशित आइतबार, पुष ०६, २०७६

मनोज बनैता, सिरहा , ६ पुस । वस्तु तथा सेवा उपभोक्ता संरक्षण महासंघ नेपाल सिरहा जिल्ला संयोजकमा मो. अब्दुल अदुप सर्वसम्मतले चयन भएका छन । सिरहाको गोलबजारमा माटो र आमाको स्वास्थ्य सुधार अभियान भान्सा नै औषधालय विषयक  दुई दिने प्रशिक्षण तथा अधिबेशन शनिबार सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रदेश २ का वन तथा वतावरण मन्त्री राम नरेशराय यादवले हाम्रो मुलुक प्राकृतिक रुपले धनी मुलुक हो यहाँ धेरै प्रकारका जडिबुटी भएकोले जडिबुटी संरक्षण गर्न प्रदेश सरकार किसानहरुका लागी जडिबुटी खेतीमा जोड दिन विभिन्न खालका कार्यक्रमहरुको प्याकेज मन्त्रालयले छिटै ल्याउने घोषणा गरे । साथै उनले माटोको क्षमता बढाउनका लागि रासायनिक मलको प्रयोग निषेध गरि अर्गानिक मलमा जोड दिनु पर्ने आवश्यकता महसुस भएको बताए । माटो जिबनको आधार , वायु प्राण भएकाले माटो र बायुलाई संरक्षण गर्नका लागी एक जनाले कम्तीमा ५ वटा रुख रोप्न उनले सबैमा आग्रह गरे ।

जिल्लाको पहिलो अधिवेशनबाट २१ सदस्य जिल्ला कार्य समिति चयन भएको जानकारी प्राप्त भएको छ । अध्यक्षमा मो. अब्दुल अदुप, उपाध्यक्षमा मेदन प्रसाद साह, संजु देवि दास सचिवमा महेन्द्र पाल, सह सचिवमा उमदा यादव, कोषाध्यक्षमा प्रेमशिला यादव, सहकोषाध्यक्षमा लक्ष्मी साफी गरी २१ जनाको जिल्ला कार्य समिति चयन भएको छ ।

सिरहाका सबै   स्थानीय तहसंग समन्वय गरेर  प्रत्येक घरको भान्सालाई प्राकृतिक औषधालय बनाउनका लागि मापदण्ड  अनुसार १७ वटौ स्थानीय तहको टोल टोलमा  अभियान संचालन गर्ने  आयोजकले जनाएको छ ।   झापा जिल्लाको दमक नगरपालिकाबाट सो अभियानको सुरुवात भएको थियोे ।

वस्तु तथा सेवा उपभोक्ता संरक्षण महासंघ नेपाल जिल्ला संगठन विस्तार कार्यसमिती सिरहाको आयोजनामा भएको कार्यक्रममा  महासंघका केन्द्रिय अध्यक्ष रोमलाल गिरि , प्रदेश अध्यक्ष ईन्द्र पाठक , गोलबजार नगरपालिका मेयर देबनाथ साह, धनगाडिमाई नगरपालिकाका मेयर हरिनारायण चैधरी, सरोकारवाला निकायका प्रतिनिधि लगायत पत्रकारहरुको सभागिता रहेको थियो  ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]