२३ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
×

मिथिलामा जनमत पार्टीको संगठन विस्तार

Logo
प्रकाशित आइतबार, पुष ०६, २०७६

न्यूजमधेश समाचारदाता
जनकपुरधाम,६ पुस। डा सीके राउत नेतृत्वको जनमत पार्टीको संगठन धनुषाको मिथिला नगरपालिकामा विस्तार गरिएको छ।

शनिबार मिथिला नगरपालिका वडा नं. ८ (कुसुम बिसौना)मा लालबाबु महतोको अध्यक्षतामा १५ सदस्यीय वडा स्तरीय समिति गठन गरेको छ।

जनमत पार्टीको वडा जनपरिचालन समितीका सहसंयोजकमा संतोष महतो सर्वसहमतीले चयन भएको हो।भने सदस्यहरुमा अर्जुन महतो, शम्भु कुमार महतो, बिनोद कुमार महतो, नागेन्द्र कुमार महतो, सन्जिब कुमार साह, जिवछ कुमार महतो, मनिष कुमार महतो, जय कुमार महतो, दिपेन्द्र कुमार महतो, राज किशोर महतो, रबि कुमार महतो, प्रदिप कुमार महतो र राम कुमार महतोलाई सर्वसहमतीबाट चयन भएका हुन।

जनमत पार्टी धनुषाका क्षेत्र नं. ४ का क्षेत्रीय उपाध्यक्ष ओम बिक्रम कुशवाहा र पार्टीका मिथिला नगरपालिकाका नगर संयोजक अभिमन्यु प्रसाद महतो र युवा नेता राजेश साहको विशेष उपस्थितीमा १५ सदस्यीय वडा समिति गठन भएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]