०५ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

प्रदर्शनकारीलाई मोदीको जवाफ: आफ्नै देश जलाउनेहरू अपराधी हुन्

Logo
प्रकाशित आइतबार, पुष ०६, २०७६

काठमाडौ , ६ पुस(एजेन्सी)।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिकता संशोधन कानुनको विरोधमा भइरहेको प्रदर्शनबारे मुख खोलेका छन् ।

आइतरबार दिल्लीको रामलीला मैदानमा आयोजित र्‍यालीलाई सम्बोधन गर्ने क्रममा मोदीले नागरिकता संशोधन विधेयकलाई लिएर केही मानिसले झुट बोलिरहेको बताएका छन् । साथै उनले विपक्षीमाथि भारतको बदनाम गर्ने षडयन्त्र रचेको आरोप लगाएका छन् ।

‘पछिल्लो ५ वर्षमा सरकारले डेढ करोड विपन्न नागरिकलाई आवासको व्यवस्था गरेको छ, ७० लाख मानिसले आयुष्मान योजनाअन्तर्गत उपचार पाएका छन् । हामीले कसैलाई तिम्रो धर्म के हो भनेर सोधेनौं’, मोदीले भने, ‘तर केही मानिसले किन झुठ बोलिरहेका छन् ? किन देशलाई गुमराहमा राखिरहेका छन् ?’

साथै मोदीले दिल्लीबासीलाई उक्साउने काममा केही स्वार्थी मानिसहरु लागेको भन्दै आक्रोश समेत पोखेका छन् । उच्च स्तरका व्यक्तिहरुले झुठो कुरा गरेर मुस्लिमलाई भ्रमित पार्न खोजेको उनको भनाइ थियो ।

र्‍यालीलाई सम्बोधन गर्दै मोदीले भने- ‘दिल्लीबासीलाई उक्साउने काम भयो र यसका लागि सामाजिक सञ्जाल प्रयोग गरियो । अघिल्लो हप्ता सामाजिक सञ्जालमा भनेका झुठा कुरा, भिडियो, उक्साहटपूर्ण भाषण हेर्दा केही मानिसहरु आफ्नो स्वार्थ र राजनीतिका लागि कुन हदसम्म जान सक्छन् भन्ने देखिन्छ । माथिल्लो स्तरका मानिसहरुले नै सामाजिक सञ्जालमार्फत् भ्रम फैलाएर देशभर आगो लगाउने अपराध गरेका छन् ।’

त्यस्तै मुलुकको समस्या यथास्थितिमा राख्ने आफ्नो संस्कार नभएको पनि मोदीले बताए । ‘लाज पचाएका’ केही मानिसले सुस्त गतिमा काम गर्ने र समस्यालाई यथास्थितिमा नै राख्ने गरेको उनको भनाइ थियो ।

प्रधानमन्त्री मोदीले यसअघिका सरकारले दिल्लीबासीको समस्यालाई कहिल्यै पनि इमान्दारिताका साथ हल नगरेको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]