१९ फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
×

विद्यार्थी जनमत संघ सप्तरीको अध्यक्षमा साह

Logo
प्रकाशित सोमबार, पुष ०७, २०७६

कमल मण्डल
राजविराज, ७ पुस ।डा सीके राउत नेतृत्वको जनमत पार्टीका जनवर्गीय संगठन अन्तर्गत विद्यार्थी जनमत संघ सप्तरीको तदर्थ समिति गठन गरिएको छ।

दास धर्मशालाको सभा हलमा सोमवार एक कार्यक्रम विच राजिव साहको नेतृत्वमा ३५ सदस्यीय विद्यार्थी जनमत संघ सप्तरीको तदर्थ समिति गठन गरिएको छ।उपाध्यक्षमा राकेश यादव/ खिलेन्द्र साह, सचिवमा मुकेश यादव, सह सचिवमा रमेश यादव, कोषध्यक्षमा श्रवण साहलाई चयन गरेको छ ।

यसैगरी सदस्यमा रुपेस, मुकेश, धनजित, दयाराम, मिथलेश, विनोद, लक्ष्मी, कृष्णा, भोगेन्द्र, गजेन्द्र, धनराज, बालकृष्ण, रमेश, नरेश, बुद्धसागर, भोला, रुपेश, ललित, शिवनारायण, रंजित, राजकुमार, मुकेश, आनन्द, शैलेन्द्र रहेको छ ।

संजय मधेशीको अध्यक्षता तथा विद्यार्थी जनमत संघका केन्द्रिय अध्यक्ष पोषण यादवका प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। सोही अवसरमा पार्टीका केन्द्रिय सदस्य तथा सप्तरीका इन्चार्ज सुरेन्द्र मधेशीले भने कुनै पनि समाजलाई परिवर्तन गर्ने हतियार शिक्षा नै हो, उनले थपे– “हरेक ठाउँमा सबैभन्दा ठुलो कर्णधार विद्यार्थी हुन्छन् ।” कुरीती, भेदभाव, हिंसा अन्त्य गर्न तथा आवाज विहिनको आवाज दिनका लागी नै हामी विद्यार्थी जनमत संघको स्थापना गरिएको विद्यार्थी जनमत संघका केन्द्रिय अध्यक्ष पोषण यादवले बताए ।

उनले २ नम्बर प्रदेश शिक्षा क्षेत्रमा कमजोर रहेको प्रति दुखेसो पोखे।शिक्षा क्षेत्र मात्र नै समाजका हरेक समस्या माथि विद्यार्थी जनमत संघले पहल गरिने केन्द्रिय अध्यक्ष यादवले दावी गरेका हुन।

अतिथिको रुपमा युवा जनमत संघ सप्तरीका अध्यक्ष मनोज यादव, गैर आवासीय मधेशी संघका सदस्य पञ्चलाल मधेशीलगायतका व्यक्तिहरुको उपस्थिती रहेको थिए । कार्यक्रम सञ्चालन रोशन यादवले गरे भने स्वागत मन्तव्य सुशिल कुमार मण्डलले व्यक्त गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]