२३ फाल्गुण २०८२, आइतबार
08-03-2026 , Sun
×

हात्ती महोत्सव सुरू

Logo
प्रकाशित बिहिबार, पुष १०, २०७६

न्यूजमधेश समाचारदाता
चितवन ,१० पुस। नेपालकै तेस्रो पर्यटकीय गन्तव्य चितवनको सौराहामा आजबाट १६ औँ हात्ती महोत्सव सुरु भएको छ।

आगामी १८ गतेसम्म सञ्चालन हुने महोत्सवको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुभयो ।

हरेक वर्ष लाग्ने चितवन हात्ती महोत्सवमा हात्तीका छावाहरुबीच फुटबल प्रतियोगिता, हात्ती सुन्दरी प्रतियोगिता, हात्ती पोलो, हात्ती फास्ट वाकलगायतका प्रतियोगिताहरु हुने खेल संयोजक अन्जन पाण्डेले बताउनुभयो ।

आज महोत्सवको पहिलो दिन हात्तीका छावाहरुबीच फुटवल खेलाइएको थियो । यस्तै हात्ती फास्टवाक पनि गरिएको थियो । कार्यक्रममा यसअघि विभिन्न जनजातिको झाँकीसहितको सांस्कृतिक र्याली निकालिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]