२८ आषाढ २०८२, आइतबार
13-07-2025 , Sun
×

सत्ताको आडमा मेयर बरबरिया र वडाध्यक्ष मण्डल सार्वजनिक सम्पत्ति हत्याउदै

Logo
प्रकाशित शनिबार, पुष १२, २०७६

न्यूजमधेश समाचारदाता

जनकपुरधाम, १२ पुस। धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय बरबरिया र वडा न.६ का अध्यक्ष रामएकवाल मण्डलले सार्बजनिक सम्पत्ति हत्याउन लागेको रहस्य खुलेका छ्न।गैरकानुनी रुपमा बिक्री गरिएको रुख काट्न नदिएपछि मेयर र वडा अध्यक्षको रहस्य बाहिर आएको हो ।

शहिदनगर नगरपालिका वडा न.६ को बरहकी पोखरी डिलमा रहेको सार्बजनिक रुख मेयर बरबरिया र अध्यक्ष मन्डलले बिक्री गरि कटान सुरु गरेपछी स्थानीय अगुवा तथा राजनितिककर्मीहरुले रोक लगाएका छन । मेयर बरबरिया र अध्यक्ष मन्डलले पोखरी डिलमा रहेको ६ सय सपेताको रुख प्रक्रिया बिना नै रकम कुम्ल्याउनको लागि गोप्य रुपमा बिक्री गरेपछि स्थानीय अगुवा तथा राजनितिककर्मीले रुख काट्न नदिएको समाजबादी पार्टीका यूवा नेता उमेश निरालाले जानकारी दिए ।

स्थानियको आग्रहमा आफूहरुले सार्बजनिक रुखको अबैध बिक्री तथा कटानमा रोक लगाएको निरालाले बताए । यद्यपि उनीहरुले १०/१२ वटा रुख काटिसकेको छ । नगरपालिकामा रुख बिक्री तथा कटानको कागजी प्रक्रिया उपलब्ध गराउन माग गरेको उनले बताए ।

नेता निरालाको अगुवाइ तथा गौरी मन्डल, दिनेश मन्डल लगायत का अगुवाहरुले गैरकानूनी रुख बिक्री बिरुद्ध नगरपालिकाको न्यायीक समिती सहित सम्बन्धित निकायमा उजुरी दिने जानकारी गराए । रुख कटान रोक्नका लागि ईलाका प्रहरी कार्यालय यदूकुहाका ईन्चार्ज दिपक बाबू केसीलाई समेत जानकारी गराइएको छ । ईन्चार्ज केसीले आफ्नो काम शान्ती सुरक्षा मात्र उपलब्ध गराउने प्रतिक्रिया दिएको निरालाले सुनाए ।

रुख काट्न नदिएपछी मेयर बरबरिया गोप्य बैठकमा सक्रिय भएका छ्न । यता गौर कानूनी रुख बिक्री तथा कटान सम्बन्धमा प्रतिक्रिया लिन खोज्दा मेयर बरबरिया र वडा अध्यक्ष मण्डलसंग सम्पर्क हुन सकेन ।- खोजकेन्द्र

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]