०२ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

बुटवलमा शृंखलाबद्ध बम विस्फोट

Logo
प्रकाशित शनिबार, पुष १२, २०७६

जनकपुरधाम,१२ पुस।बुटवलमा शृंखलाबद्ध बम विस्फोट भएको छ । सिद्देश्वरी स्कुलको प्रांगणमा गएराति शृंखलाबद्ध बम विस्फोट भएको हो ।

टेलिकम सेवा प्रदायक एनसेलले मेला आयोजना गरेको सिद्देश्वरी स्कुलको प्रांगणमा गएराति १० बजेतिर शृंखलाबद्ध बम विस्फोट भएको हो ।

आज शनिबार एनसेलले गर्न लागेको कन्सर्टलाई विथोल्ने उद्देश्यले बिस्फोट गराइएको प्रहरीले अनुमान गरेको छ ।

बिहीबार चन्द नेतृत्वको नेकपाका रुपन्देही सेक्रेटरी बिजयले एक विज्ञप्ति जारी गर्दै राज्यलाई कर नतिरेको भन्दै एनसेललाई कुनै मेला महोत्सव नगर्न चेतावनी दिएका थिए ।

विस्फोटपछि कन्सर्ट स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]