०९ चैत्र २०८२, मंगलबार
24-03-2026 , Tue
×

रेडियो बिन्दास एफएम ९४.८ मेगाहर्जको ९ औं बार्षिक उत्सवको अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

Logo
प्रकाशित शनिबार, पुष १२, २०७६

अजित भुजेल
बिरगंज,१२ पुुस।रेडियो बिन्दास एफएम ९४.८ मेगाहर्जको आयोजनामा बिरगंजको घन्टाघरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।बिहान ८ बजे देखि सुरु भएको रक्तदान दिउसो ३ बजे सम्म चलेको थियो।रेडियो बिन्दास एफएमको ९ औं बार्षिक उत्सवको अवसर पारेर सो रक्तदानको आयोजना गरेको एफएमका डाईरेक्टर पन्नालाल साहले बताए।

रेडियो बिन्दास एफएमका प्रबन्ध निर्देशक आरसि यादवले रक्तदान गरेर कार्यक्रमको सुरुआत भएको थियो ।रक्तदान कार्यक्रममाक ९ महिला सहित ८० जनाले रक्तदान गरेका थिए ।रक्तदान गर्नु हुनेमा सुधा देबि , आरसि यादव , संतोष कुमार , मरिर आलम , केशव पासवान , ईन्दर गुप्ता , मदन कुमार महतो , शेख असलम , रेयान रौनियार , बिजय कुमार कुसवाह , रामबाबु साह र अब्बास अन्सारी लगायतकाले रक्तदान गरेका थिए ।

रक्तदान कार्यक्रममा रेडियो बिन्दास एफएम ९४.८ मेगाहर्जका डाईरेक्टर पन्नालाल साह , बिरेन्द्र् साह , ज्योती साह , रामबाबु पटेल , सुनिता सिंह , कुर्बान हवारी , मधु राणा , दिलिपराज कार्की , बिशेस्वर प्रसाद चौधरी , सन्चारकर्मी जगत राई , राजेन्द्रसिंह राजपुत , संतोषमान रन्जितकार , अजित कुमार भुजेल लगायतकाको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]