०७ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

जनकपुरधाम उपमाहानगरपालिकाका प्रमुख लालकिशोर साहलाई उतकृष्ट मेयरको उपाधी

Logo
प्रकाशित सोमबार, पुष १४, २०७६

न्युजमधेश समचारदाता
जनकपुरधाम,१४ पुस । जनकपुरधामलाई धार्मिक नगरीको रुपमा स्थापीत गराउनका लागि महत्वपुर्ण भुमीका खेलेको भन्दै जनकपुरधाम उपमाहानगरपालिकाका प्रमुख लालकिशोर साहलाई सम्मानीत गरिएको छ ।

नगर प्रमुख साहले जनकपुरधामलाई विकसीत वनाउनका लागि गरेको अथक मेहनतलाई मध्यनजर गर्दै उनलाई जिल्लाको उत्कृष्ट मेयरको पदवीबाट सम्मानीत गरिएको हो । जनकपुरधामको अधिकृत संगममा आयोजना गरिएको कार्यक्रममा नगर प्रमुख साहलाई प्रमुख जिल्ला अधिकारी प्रदिपराज कंडेलले सम्मानपत्र प्रदान गरेका थिए ।

जनकपुरधामका प्रमुख लालकिशोर साहलाई जनकपुरधाम उपमहानगरपालिकामा नगरप्रमुखको रुपमा निर्वा्िचत भएपछि नगरको सडक फराकिलो बनाउन तथा जनकपुरधामलाई धार्मिक शहर बनाउनका लागि खेल्नु भएको भूमिका र नगरक्षेत्रको जनताको सेवामा देखाएको सक्रियता, आम नगरवासीको मन जित्नेगरि गुणस्तरीय विकास निर्माणको कामकाजलाई मध्यनजर गर्दै नगरप्रमुख साहलाई उतकृष्ट मेयरको उपाधीबाट सम्मान गरिएको प्रजिअ कंडेलले जानकारि दिए ।

नगरप्रमुख साहलाई यसभन्दा पहिले पनि जनकपुरधामको विकासमा योगदान पुरयाएको र नगरकार्यपालिकाको कर्मचारीहरुलाई राम्रो काम गर्न उतप्रेरित गरेको भन्दै उपमहानगरका कर्मचारीहरुले नगरप्रमुख साहलाई सम्मान गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]