२० फाल्गुण २०८२, बिहिबार
05-03-2026 , Thu
×

धनुषा बम काण्डको मुख्य योजनाकारलाई पक्राउ गर्ने प्रहरीलाई किन गर्यो रातारात सरुवा

Logo
प्रकाशित शनिबार, पुष १९, २०७६

न्यूजमधेश समाचारदाता
जनकपुरधाम, १९ पुस । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरमा प्रहरी निरीक्षकसहित तीन जनाको ज्यान लिनेगरी भएको बम विस्फोटको छानविन प्रहरी अधिकारीबाटै प्रभावित पार्ने प्रयास भइरहेको छ ।

उक्त घटनाका योजनाकार भनिएका आदम राइनलाई प्रहरी नायब निरीक्षक सन्तोष झाले पक्राउ गर्न सफल भए । तर उनलाई पक्राउ गरेको २४ घण्टा नबित्दै रातारात काजसरुवा वीरगन्ज गरिएको छ । साथै घटनाको छानविनका लागि प्रहरी निरीक्षक उमाशंकर प्रसाद साहको नेतृत्वमा सात सदस्य समिति बनेको छ । तर प्रहरी निरीक्षक साहको पनि सरुवा भइसकेको छ ।

प्रहरी निरीक्षक साहको नियमित सरुवा भएको बताएपनि प्रहरी नायब निरीक्षक झाले घटनाको मुख्य योजनाकारलाई पक्राउ गरेकै राति अचानक वीरगन्जस्थित विपद व्यवस्थापन कार्यालयमा काजसरुवा गरियो । यसले अनुसन्धान प्रभावित पार्ने चलखेल भइरहेको देखिन्छ । घटनामा संलग्नहरुलाई समात्ने प्रहरीलाई नै सरुवा गर्दा चलखेल भइरहेको देखिएको एक प्रहरी अधिकारीले बताए ।

स्रोतका अनुसार प्रदेश २ का प्रहरी प्रमुख डिआइजी प्रद्य्मन कार्कीको आदेशमा प्रहरी नायब निरीक्षक झाको सरुवा भएको छ । झा केहिदिन अगाडी जनकपुरमा डकैती गर्न आएका तीन युवकलाई हतियारसहित रंगेहात समातेपछि सम्मानित समेत भएका थिए । तर अचानक उनकै सरुवा गरेपछि बम विस्फोट घटनाको अनुसन्धान प्रभावित हुने देखिएको प्रहरी स्रोतले जनाएको छ ।

मंसिर २७ गते बम विस्फोट भएको थियो । हालसम्म उक्त घटनामा संलग्न भन्दै चार पाँच जनालाई पक्राउ गरिसकेको छ । प्रहरीले घटनामा १३ जनाको संलग्नता रहेको बताइरहेका छन् । तर पक्राउ परेकाहरु घटनामा संलग्न छन् भनेर आधिकारिक धारणा प्रहरीले सार्वजनिक गरेका छैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]