२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

सार्वजनिक विदाको दिन सरकारी सवारी साधन चलाएको भन्दै नियन्त्रणमा

Logo
प्रकाशित शनिबार, पुष १९, २०७६

न्यूजमधेश समाचारदाता
लाहन,१९ पुस।सार्वजनिक विदाको दिन सरकारी सवारी साधन चलाएको भन्दै प्रहरीले नियन्त्रणमा लिएको छ ।

पुस १९ गते शनिबार सिरहा जिल्लाको विभिन्न स्थानहरुमा सार्वजनिक विदाको दिन सरकारी सवारी साधन चलाएको भन्दै नियन्त्रणमा लिएको हो ।

सार्वजनिक विदा शनिबारको दिन जिल्ला प्रशासन कार्यालयबाट सरकारी सवारी साधनहरु चलाउन वितरण गरिने ‘पास’ विना चलाईरहेको अवस्थामा ८ (आठ) वटा सरकारी मो.सा. हरु नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

यसैगरी सम्बन्धित कार्यालयका कर्मचारीहरुलाई प्रथम पटक चेतावनी दिई अब आइन्दा जिल्ला प्रशासन कार्यालयको पास विना सार्वजनिक विदाको दिन सरकारी सवारी साधन नचलाउने सर्तमा सम्बन्धित कार्यालयको कर्मचारीलाई दिउसो तिर जिम्मा लगाईएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]