०९ आश्विन २०८०, मंगलबार
26-09-2023 , Tue
×

किन जाने विदेश (कबिता )

Logo
प्रकाशित आइतबार, पुष २०, २०७६

हामी सबै मिलेर नेपाली आमालाई बचाऊँ
मन, मुटु र छाती भित्र नेपाललाई सजाऊँ !

किन जाने दाजु भाई टाढा–टाढा विदेश
आफ्नो देशमा काम गरे फैलिन्छ स्वदेश !!

विदेशमा गए हुन्छ जनावर कै भेष
आफ्नो देशमा काम गरे फैलिन्छ स्वदेश !!

नेपालीहरु अलपत्र छन् विदेश बाटोमा
परिश्रम गरे सुन फल्छ नेपाली माटोमा !!!

हामी सबै मिलेर नेपाल आमालाई बचाउँ
मन, मुटु र छातीभित्र नेपाललाई सजाउँ !!!

फेरी देखी फैलाई देऊ बुद्व शान्ती नेपाली पाखामा
शिक्षाको ज्योती ल्याइदेऊ यो कोमल आँखामा !!!

नाम: पुजा कुमारी पंडित
विद्यालय: श्री माध्यमिक विद्यालय खजुरी
हाल: जनकनन्दनी गाउँपालिका वडा नं.४
कक्षा : ९

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । आन्दोलनमा रहेका शिक्षकहरूले आज सडकमा सुत्ने भएका छन् । हजारौँको संख्यामा आन्दोलनमा रहेका राहत शिक्षक, बालविकास शिक्षक, पेन्सन वञ्चित शिक्षक लगायतले आज दिउँसो सडकमै लम्पसार सुतेर आन्दोलन गर्ने भएका हुन् । राज्यले आफूहरूलाई लाश जस्तै बनाएको भन्दै उनीहरूले सांकेतिक रूपमा मुर्दा बनेर विरोध जनाउन लागेका हुन् । नेपाल राहत शिक्षक केन्द्रीय समितिका वरिष्ठ […]

जनकपुरधाम । सामुदायिक विद्यालयका शिक्षकहरु आन्दोलन गर्न काठमाडौं पुगेपछि मधेश प्रदेशमा पनि पठनपाठन प्रभावित बनेको छ । यस प्रदेशका अधिकांश सामुदायिक विद्यालय दुई दिनदेखि ठप्प छ । शिक्षकको आन्दोलनमा मधेश सरकारको समर्थन छ । हुन त मुख्यमन्त्री सरोज कुमार यादवले शिक्षकका आन्दोलनबारे अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गरेका छैन । मधेश प्रदेशका शिक्षा तथा समाज कल्याण […]

काठमाडौँ। रोल्पाथुम हुँदै नामकरण भएको रोल्पा जिल्ला, लुम्बिनी प्रदेशको एक पहाडी जिल्ला मात्रै होइन, युद्ध, क्रान्ति र पर्यटनका नामबाट परिचित स्थल पनि हो । नेपाल एकीकरणपूर्व बाइसे र चौबिसे राज्य हुँदा सेन राजाहरु र काजीहरुको गुप्त सल्लाह तथा बसोबास हुने जिल्ला रोल्पा–रुकुम, प्युठान, दाङ, सल्यान र बागलुङजस्ता जिल्लासँग सीमाना जोडिएको जिल्ला हो । यही रोल्पा […]