१४ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

मधेसका निर्दोष जनतालाई बलि चढाएर सूर्य छापमा भोट ? डा.राउत

Logo
प्रकाशित आइतबार, पुष २०, २०७६

न्यूजमधेश समचारदाता

जनकपुरधाम ,२० पुस। राष्ट्रियसभामा दुई सिटका लागि राष्ट्रिय जनता पार्टीले नेकपासँग गठबन्धन गरेपछि जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले क डा टिप्पणी गरेका छन्।

उनले सामाजिक सञ्जालमार्फत राजपा र समाजवादी पार्टीमाथि प्रहा र गरेका हुन्। राष्ट्रियसभामा उम्मेदवारी मनोनयन दर्ता गराउन राजपा र नेकपाको गठबन्धनले निकालेको र्‍यालीको तस्बिर राखेर डा. राउतले भनेका छन्, ‘मधेसमुक्ति आन्दोलन देख लो!’ उनले मधेसवादी नेतालाई ‘सुगवा’ सर्पको संज्ञासमेत दिएका छन्।

उनले हिन्दीमा लेखेका छन्, ‘फाड़ कर देखो (सुगवा) साँप को! जिस मधेसविरोधी नेकपा (ओली) को मधेस में प्रवेश निषेध करने लिए दर्जनों मधेसियों को मरवा दिया, मलेठ में नरसंहार करा दिया, आज वही (राजपा नेकपा एमाले के) सूर्य छाप में मोहर लगाने के लिए जनकपुर में जुलुस निकाले है। मधेशमुक्ति आन्दोलन देख लो!’ यस्तै, समाजवादी पार्टीमाथि पनि उनले प्रहार गरेका छन्।

‘यसअघि नै जनकपुरमा स्वागतद्वार बनाएर ओलीको तस्विर लगाएर स्वागत गरेका थिए’, उनले भनेका छन्, ‘अहिले समाजवादीको नेकपासँग केही दिनअघि डिभोर्स भयो र अहिले गएको छ कांग्रेसको साथ।’ उनले ‘सुगवा’ सर्प धानको खेतमा धानजस्तै हरियो देखिने गरेपछि टोकेर जसरी ज्यान लिन्छ, त्यसरी नै मधेसी नेता हेर्नमा मधेसी लागे पनि नेकपा र कांग्रेसको सन्तान भएको भन्दै क डा टिप्पणी पनि गरेका छन्।

सहिद भने गरिब मधेसी निमुखा र सांसद बनेको बताउँदै तर सांसद भने पत्नी, सम्धी र प्रेमिका बन्‍ने गरेको डा. राउतले टिप्पणी गरेका छन्। डा. राउतले कडा टिप्पणी गरेजस्तै मधेसवासी जनता पनि राजपा र समाजवादी पार्टीमाथि शं का गर्न थालेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]