१९ पुष २०८२, आइतबार
04-01-2026 , Sun
×

जनमत पार्टी विष्णुपुरको अध्यक्षमा साह

Logo
प्रकाशित आइतबार, पुष २०, २०७६

न्यूजमधेश समाचारदाता
राजविराज, २० पुस । डा सि. के. राउत नेतृत्वको जनमत पार्टीको विष्णुपुर गाउँपालिकाका तदर्थ समिति आइतवार गठन गरिएको छ ।

महेश प्रसाद यादवको अध्यक्षता आयोजना गरिएको एक कार्यक्रम बिच राजेन्द्र प्रसाद साहको नेतृत्वमा ५५ सदस्यीय गाउँपालिका स्तरीय तदर्थ समिति गठन गरिएको छ ।

यसैगरी उपाध्यक्षमा चुनेश्वर साह, सचिवमा महेश प्रसाद यादव, सह सचिवमा सुशिल साह, कोषाध्यक्षमा राजकुमार मण्डल, सह कोषाध्यक्षमा हरीलाल राम रहेको छ ।

सप्तरीमा पनि छिटै जनवर्गीय संगठनहरु विस्तार गरिने प्रमुख अतिथी जनमत पार्टीका केन्द्रिय सदस्य तथा सप्तरीका इन्चार्ज सुरेन्द्र मधेशीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]