२३ पुष २०८२, बिहिबार
08-01-2026 , Thu
×

मेयर साहद्वारा शितलहर प्रभावित दृष्टिविहीन ११ जनालाई राहत

Logo
प्रकाशित आइतबार, पुष २०, २०७६

न्यूजमधेश समाचारदाता
जनकपुरधाम,२० पुस।जनकपुरधाम उपमाहानगरपालिकाले शितलहर प्रभावित दृष्टिविहिन व्यक्तिहरुलाई राहत समाग्री वितरण गरेको छ ।

जनकपुरधाम उपमाहानगरपालिका कार्यालयमा आइतवार राष्ट्रिय अदृष्टिय संघका ११ जना पदाधीकारीहरुलाई उपमहानगरका मेयर लालकिशोर साहले शितलहरमा न्यानो प्रदानका लागि व्लेन्केट,बाल्टीन,जग,२५ किलो चामल,५ किलो दाल लगायतका समाग्री वितरण गरेका छन ।

दृष्टिविहिन व्यक्तिहरुलाई मुलुकले नै हेर्न छाडेको अवस्थामा उपमहानगरले गरेको राहत वितरणबाट निकै नै हर्ष महसुस भएको संघका पदाधीकारीले वताए ।

राहत वितरण कार्यक्रममा उपमहानगरका वार्ड नं १६,वार्ड नं १५ र वार्ड नं १२ का वार्ड अध्यक्षका संगै शिक्षा महाशाखा प्रमुख मेहिलाल यादव, जिन्सी शाखा प्रमुख गणेश यादवको उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]