०९ आश्विन २०८०, मंगलबार
26-09-2023 , Tue
×

दलित जनमत संघ रौतहट गठन संयोजकमा दास चयन

Logo
प्रकाशित सोमबार, पुष २१, २०७६

न्यूजमधेश समाचारदाता
जनकपुरधाम,२१ पुस। डा सीके राउत नेतृत्वको जनमत पार्टीका जनवर्गीय संगठन दलित जनमत संघ रौतहट गठन भएको छ।

आइतबार रौतहट जिल्लाको दुर्गाभवानी गाउपालिका गंगापिपरा चौकमा रामदेव बैठाको अध्यक्षतामा,दलित जनमत संघ धनुषाको अध्यक्ष रघुविर दासको प्रमुख अतिथिमा जिल्ला स्तरीय दलित जनमत संघ रौतहटको २८ सदस्यीय तदर्थ समिति गठन भएको छ।

संघको संयोजकमा विजय दास ,सह संयोजकमा रामदेव ,सचीवमा रामाआश्रय महरा र सह-सचिवमा अक्षेलाल दासलाई सर्वसहमतीले चयन भएको छ।

त्यसैगरी सदस्यमा नागेश्वर महरा,उर्मिला देवि,दुलारी देवि,मंजु पासवान ,रामबाबु दास,श्रीदेव रामलगाइत २८ सदस्यीय कार्य समिति गठन भएको छ।

उक्त कार्यक्रममा जनमत पार्टीका केन्द्रिय सदस्य तथा रौतहट जिल्ला इन्चार्ज बिरेन्द्र साह र जिल्ला संयोजक अशोक सिंहको उपस्थितमा दलित जनमत संघ रौतहट गठन भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बारा । बारा जिल्लामा नेपाल–भारत सिमानास्थित दशगजा क्षेत्रबाट हत्या गरिएको अवस्थामा एक पूर्वसशस्त्र प्रहरी जवानको शव भेटिएको प्रहरीले जनाएको छ । पचरौता नगरपालिका–१ पचरौता गाउँको दक्षिणतिर दशगजा क्षेत्रमा आइतबार मध्यराति साढे १२ बजेको समयमा धारिलो हतियार प्रहार गरी हत्या गरेर फालिएको अवस्थामा आज बिहानै स्थानीयवासीले ३४ वर्षीय अमरेशकुमार सिंहको शव देखेर प्रहरीलाई खबर गरेको थियो […]

सिरहा । नेपाल प्रहरीको नारा छ – मुस्कानसहितको सेवा । तर, व्यवहारमा भने यो लागू भएको पाइँदैन । अन्यायमा परेका नागरिक प्रहरीमा पुग्छन् । प्रहरीले भने ढाँडस दिएर र नम्र व्यवहार गरेर सेवाग्राहीलाई आत्मबल दिनुको साटो प्रहरीले रुखो व्यवहार गर्ने, थर्काउने अनि पीडितलाई झन् पीडित बनाउने गरेको पाइन्छ । सेवाग्राहीसँग यस्तै हर्कत गर्छन् जिल्ला प्रहरी […]

काठमाडौं । प्रतिनिधि सभामा ४ सीट रहेको मधेश केन्द्रित दल लोकतान्त्रिक समाजवादी पार्टीमा शीर्ष नेताहरुले पदाधिकारीमा आफ्नै परिवार र नातागोताहरुलाई भागवण्डा लगाएका छन् । सोमबार पुनगर्ठित केन्द्रीय समितिको वरिष्ठ उपाध्यक्षमा अध्यक्ष महन्थ ठाकुरका सम्धि उमाकान्त झा र उपाध्यक्षमा सम्धिनी इन्द्र झा मनोनीत भएका छन् । ठाकुरले एकमात्र छोरी मिनाक्षीलाई सदस्य बनाएका छन् । अध्यक्ष ठाकुरले […]