०२ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

दलित जनमत संघ रौतहट गठन संयोजकमा दास चयन

Logo
प्रकाशित सोमबार, पुष २१, २०७६

न्यूजमधेश समाचारदाता
जनकपुरधाम,२१ पुस। डा सीके राउत नेतृत्वको जनमत पार्टीका जनवर्गीय संगठन दलित जनमत संघ रौतहट गठन भएको छ।

आइतबार रौतहट जिल्लाको दुर्गाभवानी गाउपालिका गंगापिपरा चौकमा रामदेव बैठाको अध्यक्षतामा,दलित जनमत संघ धनुषाको अध्यक्ष रघुविर दासको प्रमुख अतिथिमा जिल्ला स्तरीय दलित जनमत संघ रौतहटको २८ सदस्यीय तदर्थ समिति गठन भएको छ।

संघको संयोजकमा विजय दास ,सह संयोजकमा रामदेव ,सचीवमा रामाआश्रय महरा र सह-सचिवमा अक्षेलाल दासलाई सर्वसहमतीले चयन भएको छ।

त्यसैगरी सदस्यमा नागेश्वर महरा,उर्मिला देवि,दुलारी देवि,मंजु पासवान ,रामबाबु दास,श्रीदेव रामलगाइत २८ सदस्यीय कार्य समिति गठन भएको छ।

उक्त कार्यक्रममा जनमत पार्टीका केन्द्रिय सदस्य तथा रौतहट जिल्ला इन्चार्ज बिरेन्द्र साह र जिल्ला संयोजक अशोक सिंहको उपस्थितमा दलित जनमत संघ रौतहट गठन भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

काठमाडौँ : चलचित्र विकास बोर्डले ७२ चलचित्रकर्मीलाई ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गरेको छ । आज चलचित्र विकास बोर्डको सभाहलमा आयोजित ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र वितरण कार्यक्रम’ मा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गर्नुभएको हो । मन्त्री […]