२९ माघ २०८२, बिहिबार
12-02-2026 , Thu
×

दुधाधारी माध्यमिक विद्यालयको व्यवस्थापन समिती गठन

Logo
प्रकाशित सोमबार, पुष २१, २०७६

न्यूजमधेश समाचारदाता
कपिलवस्तु ,२१ पुस।विजयनगर गाउँपालीका वडा नं.१ स्थित रहेको श्री दुधाधारी माध्यमिक विद्यालय व्यवस्थापन समिती पुर्नगठन गरिएको छ।

आज भएको अभिभावक भेलाले चार जना सदस्यमा महिला तर्फ प्रमिला पौडेल , गिता मिश्रा र पुरुष तर्फ राम प्रघट कोरी , राम जनम यादवलाई सर्वसहमतीले चयन गरेका हुन ।

छोटो समयमै गाउँपालिकामै नमुना विद्यालय बन्दै गएकोमा कार्यक्रमका प्रमुख अतिथी गोपाल बहादुर थापाले खुलेरै प्रसंशा गर्दै गाउँपालिका भित्रै उच्च शिक्षा सञ्चालनका लागि सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नु भएको थियो । अबको दुई वर्षभित्र गाउँपालिकामा राजमार्गसँग जोडीने हरेक बाटोहरु कालोपत्रे गर्ने लक्ष्य रहेको थापाले बताउनु भयो ।

त्यस्तै एक घर एक खानेपानी धारा सहित अगाडी बढेकोले पालीकाभित्र रहेका सम्पुर्ण जनताहरुले शुद्ध पिउने पानी पाउने छन् भनी गाउपालिकाको योजना रहेको बताउदै चिरइ खोलामा नौरङ्गीया घाटमा झुलुङगे पुल कार्य सञ्चालनमा रहेको र लोहरौला घाटमा झुलुङगे पुलको सिलन्यास गर्ने जानकारी गराउदै यसै वर्ष देखि बिसहवा खोला नेउलागञ्जमा पक्की पुल निर्माण कार्य थालिने समेत जानकारी दिनुभएको थियो ।

कार्यक्रमको सहजिकरण शिक्षा शाखा तर्फबाट शिवराज शुवेदीले गर्नुभएको थियो भने नवगठित समितीलाई गणेशपुर मावीका प्रधानाध्यापक श्याम प्रसाद चौधरी , २ नम्बर वडा अध्यक्ष नेपाल थारु ७ का दिनेश कुमार चौधरी , बुद्धीजिवी समाजसेवी डाक्टर जहिरुल हशन खाँ लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम विजयनगर गाउँपालीका वडा नम्बर १ का वडा अध्यक्ष ईन्नर थारुको अध्यक्षता , सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक पुर्ण बहादुर परियारले गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]