०६ फाल्गुण २०८२, बिहिबार
19-02-2026 , Thu
×

सप्तरीको दुई स्थानीय तहमा जनमत पार्टीका संगठन विस्तार

Logo
प्रकाशित सोमबार, पुष २१, २०७६

न्यूजमधेश समाचारदाता
सप्तरी, २१ पुस।जनमत पार्टीका संगठन विस्तारका क्रममा सप्तरीमा फेरी दुई स्थानिय तहमा तदर्थ समिति सोमवार गठन गरिएको छ ।

छिन्नमस्ता गाउँपालिका वडा नम्बर ६ कोचाबखारीमा गोविन्द मण्डल (बौउवइन) को नेतृत्वमा गठन गरिएको छ भने, तिलाठी कोईलाडी गाउँपालिकामा सुशिल कुमार मण्डलको नेतृत्वमा गठन गरिएको हो ।

तिलाठी कोईलाडी गाउँपालिकामा सुशिल मण्डलको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा उपाध्यक्षमा केशव कुमार साह, सचिवमा प्रदिप मुखिया, सह-सचिवमा दिनेश मण्डल, कोषाध्यक्षमा सुर्यदेव मण्डललगायत २१ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।

यसै गरी कोचाबखारीमा हुकुम देव साहको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा उपाध्यक्षमा मन्सी सदा, सचिवमा हुकुम देव साह, सह -सचिवमा कपिल देव राम, कोषाध्यक्ष्मा रमानन्द मण्डललगायत ३१ सदस्यीय तदर्थ समिति गठन गरेका छन् ।

जनमत पार्टीका केन्द्रिय सदस्य तथा सप्तरीका इन्चार्ज सुरेन्द्र मधेशीको प्रमुख आतिथ्यमा आयोजना गरिएको कार्यक्रममा चन्देश्वर मण्डल (किसान), मनोज यादव, संजय यादवसमेतको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]