१२ माघ २०८२, सोमबार
26-01-2026 , Mon
×

पर्साको नापी कार्यालयका सर्वेक्षक ७५ हजार घुससहित अख्तियारको फन्दामा

Logo
प्रकाशित सोमबार, पुष २१, २०७६

न्यूजमधेश समचारदाता
विरगंज,२१ पुस।पर्सा जिल्लाको नापी कार्यालयका कर्मचारी घुससहित पक्राउ परेका छन्।

सेवाग्राहीसँग ७५ हजार घुस रकम लिँदै गर्दा पर्साको नापी कार्यालय अन्तर्गत २ नम्बर नापी टोलीको कार्यालयका कर्मचारी रंगेहात पक्राउ परेका हुन्।

पक्राउ पर्ने कर्मचारी नापी कार्यालयको सर्वेक्षक रामनरेश पासवान रहेको अख्तियार दूरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालयका सूचना अधिकारी शिवराज रेग्मीले जानकारी दिएको छ।

‘सेवाग्राहीसँग जग्गा हाल साविक गरी पुनः नापीको जग्गाधनी प्रमाण पूर्जा बनाइदिने भन्दै ७५ हजार घुस लिँदै रहेछन्’, उनले भने।

सेवाग्राहीसँग घुस लिँदै गरेका सर्वेक्षक पासवानलाई थप अनुसन्धानका लागि अख्तियारको हेटौँडा कार्यालयमा पुर्‍याइसकेको टोलीमा आएका सदस्यले बताए।

पासवान पहिलेदेखि नै सेवाग्राहीसँग घुस रकम लिन पल्केको आफूहरुलाई सूचना प्राप्त भएको टोलीका सदस्यहरुको भनाइ छ ।

स्थायी घर महोत्तरी जिल्ला मोहत्तरी नगरपालिका-४ भएका ५३ वर्षीय पासवान नापी कार्यालय पर्सा अन्तर्गत २ नं. नापी टोलीको कार्यालयका अनुभवी कर्मचारी रहेको कार्यालयका अरु कर्मचारीले बताएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]