०५ बैशाख २०८३, आइतबार
19-04-2026 , Sun
×

योग्यतालाई मुल्यांकन गर्न हेल्थ असिस्टेन्टहरुको सरकारसँग माग

Logo
प्रकाशित मंगलबार, पुष २२, २०७६

न्यूजमधेश समाचारदाता

जनकपुरधाम ,२२ पुस।स्वास्थ्य मन्त्रीले विभेद गरेको भन्दै हेल्थ असिस्टेन्ट संघ नेपालले सोमवार जिल्ला प्रशासन कार्यालय धनुषा मार्फत सरकारलाई ज्ञापन–पत्र बुझाएको छ ।

प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई संघका अध्यक्ष धिरेन्द्र कुमार यादबको नेतृत्वमा पुगेका हेल्थ असिस्टेन्टहरु ज्ञापन–पत्र बुझाएको हो । जिम्मेवारी विहिन गरेकाले न्यायोचित जिम्मेवारी दिनका लागि हेल्थ असिस्टेन्टहरुले सरकारसँग माग राखेका छन् । उनीहरुले १२ महिनाको कोर्ष पढेर जागिर गर्ने अहेबको अण्डरमा राख्ने नीति स्वीकार गर्न नसकिने ज्ञापन–पत्रमा उल्लेख गरेका छन् ।

संघका अध्यक्ष धिरेन्द्र कुमार यादबले योग्यताको मुल्यांकन गरी हेल्थ चौकीको इन्चार्ज हेल्थ असिस्टेन्टहरुलाई बनाउनुपर्ने मुख्य माग सरकारसँग रहेको बताए । उनले अहेबको अण्डरमा राखेर हामी हेल्थ असिस्टेन्टहरुलाई थिचोमिचो गरेको आरोप समेत लगाए । भने, ‘सरकारले जुन खालको विभेद गर्न खोजेका छन् । यो कद्दापी स्वीकार्य गर्न सकिदैन ।’

संघले हेल्थ असिस्टेन्टहरुलाई न्यायोचित जिम्मेवारी नदिएमा आन्दोलनको कार्यक्रमहरु ग्र्न बाध्य हुने चेतावनी समेत ज्ञापन–पत्र मार्फत दिएको छ । अहेबलाई स्वास्थ्य चौकी प्रमुख बनाउने भएका कारण अहिले कैयौं स्वास्थ्य चौकीमा विवाद चलिरहेको छ । विवादका कारण उपचार सेवा समेत प्रभावित बनेको देखिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]