१९ कार्तिक २०८२, बुधबार
05-11-2025 , Wed
×

योग्यतालाई मुल्यांकन गर्न हेल्थ असिस्टेन्टहरुको सरकारसँग माग

Logo
प्रकाशित मंगलबार, पुष २२, २०७६

न्यूजमधेश समाचारदाता

जनकपुरधाम ,२२ पुस।स्वास्थ्य मन्त्रीले विभेद गरेको भन्दै हेल्थ असिस्टेन्ट संघ नेपालले सोमवार जिल्ला प्रशासन कार्यालय धनुषा मार्फत सरकारलाई ज्ञापन–पत्र बुझाएको छ ।

प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई संघका अध्यक्ष धिरेन्द्र कुमार यादबको नेतृत्वमा पुगेका हेल्थ असिस्टेन्टहरु ज्ञापन–पत्र बुझाएको हो । जिम्मेवारी विहिन गरेकाले न्यायोचित जिम्मेवारी दिनका लागि हेल्थ असिस्टेन्टहरुले सरकारसँग माग राखेका छन् । उनीहरुले १२ महिनाको कोर्ष पढेर जागिर गर्ने अहेबको अण्डरमा राख्ने नीति स्वीकार गर्न नसकिने ज्ञापन–पत्रमा उल्लेख गरेका छन् ।

संघका अध्यक्ष धिरेन्द्र कुमार यादबले योग्यताको मुल्यांकन गरी हेल्थ चौकीको इन्चार्ज हेल्थ असिस्टेन्टहरुलाई बनाउनुपर्ने मुख्य माग सरकारसँग रहेको बताए । उनले अहेबको अण्डरमा राखेर हामी हेल्थ असिस्टेन्टहरुलाई थिचोमिचो गरेको आरोप समेत लगाए । भने, ‘सरकारले जुन खालको विभेद गर्न खोजेका छन् । यो कद्दापी स्वीकार्य गर्न सकिदैन ।’

संघले हेल्थ असिस्टेन्टहरुलाई न्यायोचित जिम्मेवारी नदिएमा आन्दोलनको कार्यक्रमहरु ग्र्न बाध्य हुने चेतावनी समेत ज्ञापन–पत्र मार्फत दिएको छ । अहेबलाई स्वास्थ्य चौकी प्रमुख बनाउने भएका कारण अहिले कैयौं स्वास्थ्य चौकीमा विवाद चलिरहेको छ । विवादका कारण उपचार सेवा समेत प्रभावित बनेको देखिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]