२४ माघ २०८२, शनिबार
07-02-2026 , Sat
×

ईन्सपेक्टर साहलाई भव्य विदाई समारोह जनकपुरमा

Logo
प्रकाशित मंगलबार, पुष २२, २०७६

न्यूजमधेश समचारदाता
जनकपुरधाम, २२ पुस । नेपाल प्रहरी धनुषाका अपराध अनुसन्धान तथा मुद्दा शाखाका ईन्चार्ज प्रहरी ईन्सपेक्टर उमाशंकर प्रसाद साह सिंघम रहेको सरोकारवालाहरुले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषामा हाजिर भएदेखि ठूल ठूला अपराधमा संलग्न दोषि, लागु औषध नियन्त्रण तथा विभिन्न मुद्दालाई कम समयमै टुंगो लगाएर ख्याति कमाएका ईन्सपेक्टर उमाशंकर नेपाल प्रहरीकै एक उत्कृष्टि प्रहरी अधिकारी रहेको भन्दै सरोकारवालाहरु खुलेरै प्रशंसा गरेका छन् ।

यूथ एक्सन फोर्स, जनकपुरको आयोजनामा भानु चौकमा आयोजित सिंघम ईन्सपेक्टर साहको विदाई समारोहका प्रमुख अतिथि समाजवादी पार्टीका प्रमुख सचेतक तथा धनुषा क्षेत्र नं.२ का प्रतिनिधि सभा सांसद उमाशंकर अरगडियाले ईन्सपेक्टर साहको अनुसन्धान निकै तिखो रहेको बताए ।

महेन्द्रनगर बम काण्डका मुख्य अभियुक्त, ब्यापारी मनोज साहको हत्यारा, जनकपुरकै बिच बजारको पसलमा डकैती हुँदा घटना स्थलबाटै रंगेहात पक्राउ गर्नु, बलात्कारमा संलग्नहरुलाई घटना लग्तै कानूनी दायरामा ल्याउने लगायतका अनुसन्धान टुंग्याउने कार्य गरेर आप्mनो क्षमता देखाईसकेको उनले बताए ।

सिंघम ईन्सपेक्टरको धनुषाबाट एक्कासी सरुवा हुनु निकै गम्भिर रहेको तर्क गर्दै प्रमुख सचेतक अरगडियाले ईन्सपेक्टर साह नेतृत्वको प्रहरी टोलीले जिल्लाको अपराध नियन्त्रण तथा न्यूनिकरणमा महत्वपूर्ण योग्दान दिएको बताए ।

कार्यक्रममा जनकपुर उद्योग बाणिज्य संघका महासचिव जितेन्द्र महासेठले ईन्सपेक्टर साहको विदाईले जनकपुरका उद्योगि ब्यापारीहरु निकै चिन्तीत बनेको बताए । जिल्लाको सुरक्षा ब्यावस्था चुस्तदुरुस्त बनाउन ईन्सपेक्टर साहको उल्लेख्य योग्दान रहेकाले छिट्टै जिल्लाकै नेतृत्व सम्हालेर जनकपुर आउन आग्रह गरे ।

ईन्सपेक्टर साह धनुषामा आए देखि सर्वसाधरणहरुलाई जिल्ला प्रहरी कार्यालयको कामकाजमा निकै सहज बातावरण बनाएको नेपाली कांग्रेस धनुषाका उपाध्यक्ष नरेश यादवले बताए ।

लागु औषध नियन्त्रण, चोरी तस्करी नियन्त्रण, अपराधी तथा दोषिलाई ईन्सपेक्टर साहले सिंघम स्टाईलमा कानूनी दायरामा ल्याएर जिल्लाको शान्तिसुरक्षाको प्रत्याभूति गराएको यूथ एक्सन फोर्स, जनकपुरका अध्यक्ष प्रशान्त झाले बताए ।ईन्सपेक्टर साहबाट युवा बर्गले धेरै कुरा सिक्नु पर्ने आवश्यकता रहेको बताउँदै अध्यक्ष झाले भने ईन्सपेक्टर साहको योग्दानलाई जिल्लाबासीले उच्च सम्मान गरेको छ ।

कार्यक्रममा समाजवादी पार्टीका यूवा नेता रविन्द्र अरगडिया, जनकपुर वडा नं.१ का सदस्य निरंजन यादव, राजपाका संजय चौधरी, उपेन्द्र साह, किसन साह लगायतका भानु चौकका उद्योगि ब्यापारी, बुद्धिजिवी,युवाहरुको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]