०७ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

पत्रकारहरुले नै अपशब्द बोलेको उपमहानगरपालिकाको दावी,न्यायीक छानबिनको माग

Logo
प्रकाशित बुधबार, पुष २३, २०७६

न्यूजमधेश समाचारदाता
जनकपुरधाम,२३ पुस।जनकपुरधाम उप–महानगरपालिकाले पत्रकारहरुले नै अपशब्द बोलेको दावी गरेको छ ।

घट्नापछि नगरपालिकाले बिज्ञप्ती जारी गर्दै नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्षअनिल मिश्रसहित पत्रकारहरु अमरकान्त ठाकुर, विकास साह, शुत्रद्यन यादव गुण्डा शैलीमा उप महानगरपालिकाको कार्यालयमा प्रवेश गरी सेवाग्राहीलाई अपशब्द प्रयोग गरेको दावी गरेको हो ।

उप–महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मेहीलाल यादवले मंगलबार जारी गरेको बिज्ञप्तीमा नगर प्रमुखको कार्यकक्षमा पुगी उपस्थित नगर प्रमुख, कार्यपालिका सदस्य, वडा अध्यक्ष,सेवाग्राही समेतलाई अभद्र व्यबहार र कुटपिट गरी बितण्डा मचाएको जनाएको छ ।

घट्नाको कानुन बमोजिमको स्वतन्त्र, निष्पक्ष,न्यायीक समिति गठन गरी सत्य–तथ्य अनुसन्धान गरी अनुसन्धानबाट ठहर हुने अपराधी पत्रकारहरुमाथि हदैसम्मको कार्वाहीको माग गरिएको छ । बिज्ञप्तीमा पत्रकारहरुले कुटपिट समेत गरेको दावी गरिएको छ ।

कुटपिटबाट कार्यपालिका सदस्यद्वय पुष्पा यादव र सुनीता मेस्तरनी तथा उप–महानगरपालिका कार्यालयका कार्यालय सहयोगी मिना देवी र सेवाग्राही प्रमिला मण्डल घाइते भएकाले क्षतिपूर्ती समेत दिलाउन बिज्ञप्तीमा माग गरिएको छ ।

कुटपिटबाट प्रमिला मण्डल, सुनिता मेस्तरी, मीना साह र पुष्पा यादव घाइते भएको क्षतिपूर्ती दिलाउन समेत माग गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]