०७ माघ २०८१, मंगलबार
21-01-2025 , Tue
×

पत्रकारिताको नाममा केहिले गुण्डागर्दी मचाएका छन : मेयर साह

Logo
प्रकाशित बुधबार, पुष २३, २०७६

न्यूजमधेश समाचारदाता
जनकपुरधाम,२३ पुस।प्रदेश २ स्थित जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले पत्रकारिताका नाममा केहिले जनकपुरमा गुण्डागर्दी मच्चाएको आरोप लगाएका छन् । उनले पत्रकार भन्दैमा दादागिरी गर्ने, आतंक मच्चाउने, बिना पुर्वजानकारी कुनै निकायप्रमुखको कार्यकक्षमा गई हुलदुङ्गा गर्ने अधिकार नभएको बताए ।

“पत्रकारको पनि एउटा मर्यादा हुन्छ, पत्रकार सम्मेलनमा प्रश्न सोधोस्, समय लिएर कार्यालयमा आओस् वा अति आवास्यक भए टेलीफोनमा प्रतिक्रिया लिओस्” उनले भने -यहाँ समाचारको खेती कम र ब्यार्गेनिङ्ग, ब्ल्याकमेलिङ्ग, गुण्डागर्दी, धज्या उडाउने धम्की बढी हुने गरेको छ ।

न्यूजमधेशसँगको कुराकानीमा उनलेे भने- “९५% पत्रकारले पत्रकारिता नै गर्छन् तर केहि पत्रकारले ठूला मिडियाका नाममा आतंक मच्चाएका छन् ।” उनले भने -“हामीले मिडियासँग सोधेर कुनै काम गर्नुपर्ने होईन, आफ्नो निति नियममा बसेर काम गर्ने हो । त्यसमा कुनै प्रतिक्रिया भए नियमसंगत आओस् हामी जवाफ दिन्छौं तर ठेकेदारी प्रथाको हामी विरोधी हौं ।

“यहाँ त ठुला मिडियामा काम गर्छु भन्दै ठेकेदारी पो देखाउछ्न, पत्रकार भन्दैमा सबै कुरा छुट छ र ? जति बेला मन लाग्यो त्यतीबेला कसैको कार्यकक्षमा गई हुलदुगा गर्न पाईन्छ ?” प्रती प्रश्न गर्दै उनले भने – “पत्रकारिताको हामी सम्मान गर्छौं तर पत्रकारिताको आवरणमा हुने ठेकेदारीप्रथाको हामी विरोध गर्छौं, यस्तालाई एक्सपोज गर्छौं, सामना गर्छौं, यस्तासँग डराउने होइन ।”

कार्यकक्षमा ढोका थुनेर पत्रकारमाथि कुटपिट भएको खबर हावादारी भएको र योजनाबद्ध समाचार भएको उनले बताए ।

तर पत्रकारहरुले भने मेयरले गुण्डा लगाएर हेल्मेट र पाइपले पत्रकारलाई कुटपिट गरेको आरोप लगाएका छन् ।

नेपाल पत्रकार महासंघका जिल्ला सभापति अनिल मिश्र तथा पत्रकारहरू अरकान्त अमर, विकास साह, राजा झा, सुमित मिश्र, सुवास वर्ण र शत्रुधन यादवमाथि कुटपिट भएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर: सत्तारूढ जनमत पार्टीका मधेश प्रदेश सांसद शम्भु साहले हाम्रो राजनीति स्कुलिङ् ललिता निवास काण्ड , वाईडवडी काण्ड , भुटानी शरणार्थी काण्ड , सुन काण्ड गर्ने जस्ता नेताहरुबाट नभएको बताएका छन्। शुक्रबार बसेको प्रदेश सभा बैठकमा बोल्दै सांसद साहले काङ्ग्रेस नेता तथा संसदीय दलका नेता मा. कृष्णा यादवलाई जवाफ तेर्साएका थिए । उनी अस्ति बसेको […]

सिरहा : सिरहाको औरही गाउँपालिका वार्ड न.२ तुलसीपुरमा सडक ढलान कार्यको शिलान्यास भएको छ। सिरहा निर्वाचन क्षेत्र न.२ (१) का प्रदेश सांसद माननीय संजय कुमार यादवले शिलान्यास गरेक हो। शहरी बिकास मन्त्रालय अन्तर्गत सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरी बाट संचालन हुने उक्त योजनाको ठेक्का श्री सरोन एण्ड ब्रदर्श कन्ट्रक्सन लहानले लिएको छ। ठेक्का […]

जनकपुरधाम । बाराको पञ्चवर्षीय मेलाबाट सिरहा फर्किन लागेको स्कार्पियो मध्यराति रौतहटको चन्द्रनिगाहपुरमा दुर्घटना भएपछि आठ जनाको मृत्यु भएको छ । नम्बर खुल्न नसकेको स्कार्पियो चन्द्रनिगाहपुर ४ स्थित पूर्वपश्चिम राजमार्गमै रुखमा ठोक्किएर दुर्घटना भएको हो । गाडीमा सवार ८ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य केहि घाइते भएको रौतहटका प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले जानकारी दिए […]