१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

पत्रकारिताको नाममा केहिले गुण्डागर्दी मचाएका छन : मेयर साह

Logo
प्रकाशित बुधबार, पुष २३, २०७६

न्यूजमधेश समाचारदाता
जनकपुरधाम,२३ पुस।प्रदेश २ स्थित जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले पत्रकारिताका नाममा केहिले जनकपुरमा गुण्डागर्दी मच्चाएको आरोप लगाएका छन् । उनले पत्रकार भन्दैमा दादागिरी गर्ने, आतंक मच्चाउने, बिना पुर्वजानकारी कुनै निकायप्रमुखको कार्यकक्षमा गई हुलदुङ्गा गर्ने अधिकार नभएको बताए ।

“पत्रकारको पनि एउटा मर्यादा हुन्छ, पत्रकार सम्मेलनमा प्रश्न सोधोस्, समय लिएर कार्यालयमा आओस् वा अति आवास्यक भए टेलीफोनमा प्रतिक्रिया लिओस्” उनले भने -यहाँ समाचारको खेती कम र ब्यार्गेनिङ्ग, ब्ल्याकमेलिङ्ग, गुण्डागर्दी, धज्या उडाउने धम्की बढी हुने गरेको छ ।

न्यूजमधेशसँगको कुराकानीमा उनलेे भने- “९५% पत्रकारले पत्रकारिता नै गर्छन् तर केहि पत्रकारले ठूला मिडियाका नाममा आतंक मच्चाएका छन् ।” उनले भने -“हामीले मिडियासँग सोधेर कुनै काम गर्नुपर्ने होईन, आफ्नो निति नियममा बसेर काम गर्ने हो । त्यसमा कुनै प्रतिक्रिया भए नियमसंगत आओस् हामी जवाफ दिन्छौं तर ठेकेदारी प्रथाको हामी विरोधी हौं ।

“यहाँ त ठुला मिडियामा काम गर्छु भन्दै ठेकेदारी पो देखाउछ्न, पत्रकार भन्दैमा सबै कुरा छुट छ र ? जति बेला मन लाग्यो त्यतीबेला कसैको कार्यकक्षमा गई हुलदुगा गर्न पाईन्छ ?” प्रती प्रश्न गर्दै उनले भने – “पत्रकारिताको हामी सम्मान गर्छौं तर पत्रकारिताको आवरणमा हुने ठेकेदारीप्रथाको हामी विरोध गर्छौं, यस्तालाई एक्सपोज गर्छौं, सामना गर्छौं, यस्तासँग डराउने होइन ।”

कार्यकक्षमा ढोका थुनेर पत्रकारमाथि कुटपिट भएको खबर हावादारी भएको र योजनाबद्ध समाचार भएको उनले बताए ।

तर पत्रकारहरुले भने मेयरले गुण्डा लगाएर हेल्मेट र पाइपले पत्रकारलाई कुटपिट गरेको आरोप लगाएका छन् ।

नेपाल पत्रकार महासंघका जिल्ला सभापति अनिल मिश्र तथा पत्रकारहरू अरकान्त अमर, विकास साह, राजा झा, सुमित मिश्र, सुवास वर्ण र शत्रुधन यादवमाथि कुटपिट भएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]