११ आश्विन २०८०, बिहिबार
28-09-2023 , Thu
×

जनकपुरधाम उपमहानगरपालिकाको कर्मचारी आन्दोलनमा

Logo
प्रकाशित बुधबार, पुष २३, २०७६

सन्तोष यादव
जनकपुरधाम,२३ पुस ।जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहको कार्यकक्षमै भएको कुटाकुट घटनाले उग्ररूप लिन थालेको छ।

उपमहानगरपालिकाका कर्मचारी र जनकपुरका केही पत्रकार एकअर्कालाई दोषी देखाउँदै सम्बन्धित निकायसँग कारबाहीको माग गरेको हो।

बुधबार उपमहानगरपालिकाका सबै कर्मचारी कार्यालय परिसरमै धर्ना बसेका छन्। उनीहरू जनकपुर निकालेर जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेललाई ज्ञापनपत्र बुझाएका हुन्। कुटपिट गर्ने पत्रकारलाई कारबाही गर्न ज्ञापनपत्रमार्फत कर्मचारी माग गरेका छन्।

जनकपुरधाम उपमहानगरपालिका कर्मचारी युनियनका अध्यक्ष कृष्ण कुमार झाले महिला कर्मचारीलाई कुटपिट गर्ने पत्रकारलाई कारबाही नगरे चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिए।

उनले भने, ‘समाचारका लागि प्रतिक्रिया लिन केही पत्रकार मेयर साहेबको कार्यकक्षमा आउनुभएको थियो। उहाँहरू मिटिङ भइरहेकै बेला जबरजस्ती कार्यकक्षमा पुगेर मेयरलाई धम्काउँदा विवाद भयो। अनि उनीहरू महिला कर्मचारीलाई नै कुटपिट गरे। अहिले उल्टै मेयरमाथि आरोप लगाउँदै छन्।’

उनका अनुसार पत्रकारले महिला कर्मचारी प्रमिला मण्डल, सुनिता मेस्तरनी, मिना साह र पुष्पा यादवलाई कुटपिट गरी घाइते बनाए। घाइते उनीहरूको उपचार प्रादेशिक अस्पतालमा भइरहेको छ। घाइते महिला कर्मचारीको टाउकोमा मुक्का प्रहार गरिएको बताएकी छन्।

जनकपुरधामका निमित्त कार्यकारी अधिकृत मेहिलाल यादवले विज्ञप्ति निकालेर महिला, कर्मचारी, सेवाग्राहीलगायतमाथि कुटपिट र दुर्व्यवहार गर्नेहरूमाथि कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। साथै घाइतेहरूको उपचार र क्षतिपूर्तिको मागसमेत गरिएको छ।

पत्रकार पनि आन्दोलित

नेपाल पत्रकार महासंघ धनुषाले समाचार सम्प्रेशन गर्न पुगे पत्रकारलाई मेयर साहकै निर्देशनमा कुटपिट भएको आरोप लगाएको छ। महासंघ र संचार सम्बद्ध विभिन्न संस्थाले विज्ञप्ति जारी गरेर मेयर साहलाई कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको हो।

पत्रकारमाथि भएको कुटपिट तथा दुर्व्यवहारको घटना प्रेस स्वतन्त्रताको ठाडो उल्लंघन भएको महासंघले ठहर गरेको छ। महासंघले घटनाको भर्त्सना गर्दै, सत्यतथ्य छानबिन गरी दोषीमाथि हदैसम्मको कारबाही गर्नुका साथै पत्रकारको पेशागत सुरक्षाको प्रत्याभूति गर्न माग गरेको छ। साथै मेयर साहको समाचार बहिष्कार गर्ने र चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको छ।

यसरी भयो कुटाकुट

मंगलबार दिउँसो समाचार सम्प्रेशनका लागि एपिवान टिभीका प्रतिनिधि विकास साह र कान्तिपुर टिभीका प्रतिनिधि अमरकान्त ठाकुर मेयर साहको कार्यकक्ष पुगेका थिए। उनीहरू करिब कार्यकक्ष अगाडि घण्टौँ कुरेर बसे।

मेयर साह भने कार्यकक्षमा केही व्यक्तिसँग मिटिङमा व्यस्त थिए। पछि कान्तिपुर टिभीका प्रतिनिधि ठाकुर बिनाअनुमति मेयर साहको कार्यकक्षमा प्रवेश गरे। मेयरको मुख अगाडि माइक तेर्साएर प्रतिक्रिया अहिले नै दिनुपर्छ भनेर दबाब दिए। त्यसपछि मेयर साहसँग भनाभन भयो।

विवाद मात्र भएको थियो तर पत्रकार ठाकुरले आफूमाथि हातपात भएको भन्दै पत्रकार महासंघका सभापति अनिल मिश्रलाई फोन गरे। उनी आक्रोशित भएर आए र मेयर साहलाई थर्काउन थाले।

उनले चार दिनदेखि फोन गर्छु तर उठाउनुहुन्‍न किन? पत्रकारलाई के ठान्‍नुभएको? भन्दै चर्को स्वरमा धम्कीको भाषा प्रयोग गरेपछि मेयर साह मुख सम्हालेर बोल्न भनेका थिए। तर पनि सभापति मिश्र धम्काउन नछाडेपछि कुटाकुटको स्थिति सृजना भयो। पत्रकार र कर्मचारीले एक अर्कालाई कुटपिट गरे।

प्रत्यक्षदर्शी कर्मचारी नवलकिशोर साहले पत्रकार समय लिएर नआएको र मिटिङ चलिरहेका बेला जबरजस्ती कार्यकक्षमा प्रवेश गरी अहिले बोल्नैपर्छ भनेपछि विवाद चर्केको बताए।

उनले भने, ‘हामी अहिले सिडिओ कार्यालय जान्छु, उहाँसँग समय लिएको छु। यसरी नै समय लिएर पत्रकार पनि मेयरसँग कुरा गर्दा हुन्थ्यो। तर त्यसो गरेनन्। पत्रकार आफ्ना मर्यादा बिर्सेपछि कुटाकुट भयो।- थाहखबर

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका महासचिव जासर यादव विरुद्ध बैङ्किङ कसुरमा मुद्दा परेको छ । महासचिव यादव विरुद्ध कैलास महतो मुद्दा दर्ता गराएका हुन् । महतोले उनी विरुद्ध जिल्ला अदालत महोत्तरीमा मुद्दा दर्ता गराएका हुन् । उनी विरुद्ध ८ लाख रकम बराबरको बैङ्किङ कसुर गरेको आरोप लागेको छ। यादव विरुद्ध नै जिल्ला अदालत धनुषामा पनि […]

जनकपुरधाम ।लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का महासचिव जासर यादवलाई पक्राउ गर्न अदालतले आदेश गरेका छ्न। जिल्ला अदालत महोत्तरीले जिल्लाको एकडारा गाउँपालिका -४ चकवा बस्ने जिबछ यादवको छोरा लोसपाका महासचिव जासर यादवलाई बैँकङ्ग कसुर बिगो मुद्दामा गत असार १५ गते अदालतले पक्राउ गर्न आदेश दिएका हुन।अदालतले गरेको आदेशपछि असार १९ गते महासचिव यादवलाई पक्राउ गर्न अदालत पत्र जारी […]

जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका- १२ स्थित बिक्री गरिसकेको घर एक महिलाले गुण्डा लगाएर कब्जा गरेकी छन् । स्थानीय सावित्री गिरीले १५ वर्ष अगाडि २५ लाख रुपैयाँमा रामबाबु साहलाई बेचेको घरमा गुण्डा लगाएर कब्जा गरेकी हुन् । उनले घरधनी साहलाई उल्टै मिटरब्याजीको आरोप लगाउँदै प्रशासनमा उजुरी दिएकी छन् । घरधनी साहले घरका कोठाहरु भाडामा लगाएका […]