०७ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

रघुनाथपुरमा बर्थिङ्ग सेन्टर भवनको समुदघाटन

Logo
प्रकाशित बुधबार, पुष २३, २०७६

न्यूजमधेश समाचारदाता
जनकपुरधाम,२३ पुस।गणतन्त्रका प्रणेता रामराजा प्रसाद सिंहको सम्झनामा धनुषाको रघुनाथपुरमा करिव ४५ लाखको लागतमा स्वास्थ्य चौकी तथा बर्थिङ्ग सेन्टर भवनको समुदघाटन गरिएको छ ।

सवैला नगरपालिकाको वडा नं. १२ रघुनाथपुरको उतिमपुर टोल स्थित करिव ३ कठ्ठा जमिनमा रहेको स्वास्थ्य चौकी प्राङ्गणमा प्रदेशसभा सदस्य डा. मनोज कुमार सिंहको संसदिय विकास कोषवाट ४५ लाखको लागतमा बर्थिङ्ग सेन्टरको दुइ तल्ले भवनको समुदघाटन गरिएको छ । प्रदेशसभा सदस्य डा. सिंह गणतन्त्रवादी नेता स्व. सिंहका जेष्ठ सुपुत्र हुन ।

रघुनाथपुरमा आयोजित भवन समुदघाटन समारोहका प्रमुख अतिथि प्रदेशसभा सदस्य किशोरी साह कमल, विशिष्ठ अतिथि प्रदेशसभा सदस्य डा. मनोज कुमार सिंह र सवैला नगरपालिकाका प्रमुख विजय शंकर साहले सामुहिक रुपमा भवनको समुदघाटन गरेका छन् ।

वडा अध्यक्ष तथा स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष प्रदिप महतोको अध्यक्षतामा भएको सो समारोहमा स्वास्थ्य चौकीका लागि जग्गा दान गर्ने जग्गा दाता स्थानिय दिपशरण यादव, युवा अभियन्ता बिनोद कुमार धामी सहित अतिथिहरुलाई समेत सम्मान गरिएको छ । भवन समुदघाटन संगै स्थानियले गाँउमै स्वास्थ्य र प्रसुती सेवा पाउने भएपछि खुसी भएका छन् । समारोहमा स्थानियवासीहरुको उल्लेख्य सहभागिता थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]