०७ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

एन आई सी एशिया बैंकले ल्यायो न्यु सुपर चमत्कारिक योजना

Logo
प्रकाशित बुधबार, पुष २३, २०७६

मनोज बनैता, लहान, २३ पुस । लाहान नगरको अधिकतम सेवाग्राहीको मन जित्न सफल एन आई सी एसिया बैंक ले सेवाग्राहीको चाहनाको कदर गर्दै पुनः नयाँ योजना ल्याएको छ । “बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि ” भन्ने मुल नारा को साथ बैंकले न्यु सुपर चम्तकारिक योजना ल्याईएको छ । नयाँ बर्ष सन् २०२० को उपलक्ष्यमा ग्राहकहरुलाई प्रत्यक्ष फाईदा पुग्ने गरि सो योजनाहरु ल्याईएको प्रादेशिक कार्यालय लहानका प्रमुख जितेन्द्र कुमार साहले जानकारी दिनुभयो ।

सिरहको लहानमा एन आई सि एशिया बैंक ले गरेको पत्रकार सम्मेलन प्रमुख साहले भने, ‘चमत्कारिक फाईदाहरु समेटी उत्कृष्ट बीमा सुरक्षा योजना, कर्जाको ब्याजदर तथा प्रशासनिक शुल्कमा विशेष छुट, निःशुल्क होम बैंकिङ्ग सुविधा, निःशुल्क लकर सुविधा लगायतका ३० चमत्कारिक फाइदाहरु सहित बैंकले न्यू सुपर चमत्कारिक निक्षेप योजनाहरु सञ्चालनमा ल्याएको छ ।

यस योजना अन्तर्गत खाता खोल्ने ग्राहकले २१ लाखसम्मको बीमा सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा १० लाख सम्मको बीमा सुविधा, १८ घातक रोगहरुको लागि १० लाख सम्मको बीमा सुविधा र १ लाखसम्मको औषधी उपचार बीमा सुविधा सहितका योजनाहरु समेत लयाईएको जानकारी दिए । औषधी उपचार बीमा अन्तर्गत बैंकले आफ्ना ग्राहकका लागि अझ विशेष सुविधा दिने उद्देश्यले बहिरंग उपचारमा २० हजारसम्म र अस्पताल भर्ना वापत ८० हजारसम्मको बीमा सुविधा प्रदान गर्ने जनाईएको छ । बैंकले सुपर चमत्कारिक बचत खातामा २ लाखभन्दा बढि रकम भएमा, उक्त बढी रकमलाई १० हजारले गुणन गर्ने गरी तीन महिनाको मुद्दती निक्षेपमा स्वतः रकमान्तर गर्नेछ र सो रकममा ९.७५५ सम्मको ब्याजदर प्रदान गर्नेछ । यस बैंकको प्रदेश नम्बर २ मा प्रादेशिक कार्यालय महोत्तरीको बर्दिवास , सिरहाको लहान , धनुषाको जनकपुर , सर्लाहीको हरिवन , रौतहटको चन्द्रनिगाहपुर , पर्सा जिल्लाको बिरगंजमा ५ वटा उप– प्रादेशिक कार्यालय रहेको बैंकले जनाएको छ । सिरहा जिल्लामा सिरहा ,मिर्चाैया , गोलबजार गरी ६ वटा शाखा रहेको छ भने शाखा रहित बैंक सितापुर, जिरोमाईल , भोक्राहा गरी ३ वटा रहेको छ । चमत्कारिक योजनाको प्रत्यक्ष फाईदा लिन बैंकले आम ग्राहक बर्गलाई फाईदा लिन आग्रह गरेको छ । ग्राहक बर्गलाई कुनै जिज्ञासा भएमा बैंकका कर्मचारीहरु जिज्ञासा सामाधान गर्न सदैब प्रतिबद्ध रहने प्रमुख साहले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]