२१ आषाढ २०८२, आइतबार
06-07-2025 , Sun
×

खाद्य स्वच्छता सम्बन्धि उपभोक्ता प्रचार भेला अन्तरक्रिया कार्यक्रम सम्पन्न

Logo
प्रकाशित बिहिबार, पुष २४, २०७६

अजित भुजेल
बिरगंज ,२४ पुस।खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बिरगंज पर्साको आयोजना र बिरगंज उद्योग बाणिज्य संघको आयोजनामा खाद्य स्वच्छता सम्बन्धि उपभोक्ता प्रचार भेला अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

बिरगंज उद्योग बाणिज्य संघको सभाहलमा बिहीबार डिभिजन कार्यालय बिरगंज पर्साका प्रमुख रत्नकान्त झाको सभापतित्वमा तथा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतको प्रमुख आतिथ्य भएको सो कार्यक्रममा विभिन्न कार्यालयका प्रमुख , प्रतिनिधि , सरोकारवालाहरुको उपस्थिति रहेको थियो।

खाद्य स्वच्छता कायम गराई उपभोक्ता हित संरक्षण कार्यमा खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको भुमिकाबारे कार्यालय प्रमुख रत्नकान्त झाले कार्यक्रमको प्रस्तुतिकरण गर्नु भएको थियो।

त्यसैगरि उपभोक्ता हित संरक्षण मञ्च बिरगंज महानगर अध्यक्ष अजित कुमार भुजेलले खाद्य स्वच्छता सम्बन्धि उपभोक्ता प्रचार दुई चार जनालाई भेला गराई होटेल र बन्द सभाहलमा गर्ने हो भने यसको कुनै अर्थ नहुने र यसको लागी ठाउ कै ठाउमा पुगि सचेतना गराउनु पर्ने , जनचेतना कार्यक्रम , नियमित अनुगमन , तालिम , यसबाट हुने असर , डन्ड- जरिवाना बारे जानकारी गराउनु पर्ने र यति गर्दा पनि अटेर गर्छ भने सजाय गर्नु पर्नेमा जोड दिनु भएको थियो।

त्यसै गरि कन्जुमर आई नेपालका रन्जु कुमारी फुयालले अनुगमन गर्दा विभिन्न व्यापारीहरुले सडेगलेका , ढुसीपरेको , किरालागेको सामानहरु गोदाममा रहेको पाईएको देखियो ।के त्यस्ता व्यापारीलाई कार्वाही हुनु पर्ने बताए ।सन्चारकर्मी उपेन्द्र ठाकुरले प्रस्तुतीकरण राम्रो रहेको तर खाद्य स्वच्छता सम्बन्धमा यस कार्यालयले पर्सा , बारा जिल्ला बाट अहिले सम्म कतिलाई के कति कार्वाही गरेको छ भन्ने बारे खुलाईएको भए पत्रीकाका मुख्य हेडिङ्गमा समाचार हुने समेत बताए ।

उपभोक्ता मंच बिरगंजका अध्यक्ष प्रा. डा. हरेराम ठाकुरले हामीले जति सुकै एक अर्कालाई आरोप र प्रत्यारोप लगाउनु भन्दा सबैले आ- आफ्नो ठाउबाट यस सम्बन्धमा काम गर्दै जानु पर्दछ ।कसैले के भन्छ भन्दैमा कामै नगर्ने भन्ने हुदैन । हात्ती अगाडि हिड्दै जान्छ , कुकुर पछाडि पछाडि भुक्दै जान्छ भन्ने उदाहरण दिएका थिए ।त्यसै गरि बिरगंज महानगर पालिकाका खाद्य अधिकृत बिपिन कुमार लाल दासलेहाम्रो प्रयास जारी छ , तर्व हामी एक्लो प्रयासले मात्र नहुने , यसको लागी सबै तक्ता तहको सहयोग र समन्वयको आवस्यक रहेको समेत बताएका थिए ।

 

सो कार्यक्रममा बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बिरगंजका निमित्त कार्यालय प्रमुख ओम नारायण शर्मा , बिरगंज उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल केडिया , उपभोक्ता हित संरक्षण मञ्च बिरगंज महानगर अध्यक्ष अजित भुजेल , राष्ट्रिय उपभोक्ता मंच पर्साका बिजय कुमार रौनियार , कन्जुमर आई नेपाल पर्साका रन्जु कुमारी फुयाल , जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक शंकर प्रसाद चौधरी , ग्वाला डेरि सेन्टरका मतलुम ठकुराई, ग्वाला डेरि हबका राजेश कुमार राय , श्री साई वाटरका प्रेम कुमार झा , निर्मल जल प्रा?लि.का सुधिर कुमार गुप्ता , अनमोल स्विटसका पप्पु शरार्फ , डेरि फ्रेस उद्योगका बिस्वजित चौरसिया, बिकास मसला उद्योगका बिकास अग्रवाल , अर्पणा स्विटसका बिरेन्द्र कुस्वाह ,सन्चारकर्मी अन्कुस दैनिकका संतोषमान रन्जितकार , माउन्टेन टेलिभिजनका नितेश कर्ण, एभिन्युजका जाकिर हुसेन , कान्तिपुर टेलिभिजनका उपेन्द्र ठाकुर , पन्कज श्रेष्ठ , देश जागरणका कपिलदेव प्रसाद यादव , राष्ट्रिय समाचार समितिका प्रमुख बिरेन्द्र कर्ण लगायतकाको सहभागिता रहेको थियो ।कार्यक्रम सन्चालन खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बिरगंज पर्साका प्राबिधिक सहायक एवं सूचना अधिकारी श्रवण साहले गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]