०९ माघ २०८२, शुक्रबार
23-01-2026 , Fri
×

सीमा विवाद समाधानको पहल, तीनबुँदे सहमति

Logo
प्रकाशित बिहिबार, पुष २४, २०७६

न्यूजमधेश समाचारदाता
गलेश्वर,२४ पुस। म्याग्दी र मुस्ताङ जिल्ला बीचको सीमा विवाद समाधानको प्रयास भएको छ । लामो समयदेखिको विवादले दुवै जिल्लाका बासिन्दालाई समस्या उत्पन्न भइरहेको अवस्थामा समस्या समाधानका लागि बुधबार मुस्ताङको देउरालीमा दुई जिल्लाको जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, स्थानीय सरोकारवालाको टोलीले तीनबुँदे समझदारीसहित एक संयुक्त समिति गठन भएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दाना र मुस्ताङको थासाङ गाउँपालिका–४ बादरजुङ, चरन क्षेत्र, विकास निर्माणलगायत विभिन्न विषयमा पटक–पटकको समस्यालाई समाधान गर्न उपसमितिले नापी विभागसँग समन्वय गरी आवश्यकताअनुसार स्थलगत अनुगमनसमेत गरी छिट्टै समाधान गर्ने सहमति गरेका छन् । दुवै जिल्लाको सिमाना क्षेत्रमा जडीबुटी, पशुचौपाय चरन क्षेत्र प्रयोगमा स्थानीयबीच विवाद उत्पन्न हुने गरेपनि समाधानको दीर्घकालीन उपायको खोजी हुन सकेको थिएन ।

सो अवसरमा अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन, थासाङ गाउँपालिका अध्यक्ष बुद्धिप्रसाद शेरचन, जिल्ला समन्वय समिति म्याग्दीका अध्यक्ष देवेन्द्रबहादुर केसी, मुस्ताङका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्याल, म्याग्दीका प्रजिअ ज्ञाननाथ ढकाललगायत स्थानीय वडा प्रतिनिधि, स्थानीयवासीको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]