०६ फाल्गुण २०८२, बिहिबार
19-02-2026 , Thu
×

राजविराजमा जनमत पार्टीको संगठन विस्तार

Logo
प्रकाशित बिहिबार, पुष २४, २०७६

न्यूजमधेश समाचारदाता
राजविराज, २४ पुस।डा सिके राउत नेतृत्वको जनमत पार्टीको राजविराज नगरपालिका वडा नम्बर १४ परसाहिमा वडा स्तरीय युवा जनमत संघ र वडा एकाई तदर्थ समिति बिहिवार गठन गरिएको छ ।

कृष्णदेव मण्डलकाे अध्यक्षतमा अायाेजना गरिएको कार्यक्रममा हरेकृष्ण मण्डलकाे नेतृत्वमा २१ सदस्यीय वडा एकाई तदर्थ समिति गठन गरिएको छ ।

यसै गरी उपाध्यक्षमा कृष्ण देव मण्डल, सचिवमा उपेन्द्र राम, सह-सचिवमा गंगा प्रसाद मण्डल, काेषाध्यक्षमा देवक सदा रेहका छन् । देवकृष्ण मण्डल, धर्मेन्द्र कुमार मण्डल, देवनाथ सदा, भरत मण्डललगायतले सदस्यमा रहेकाे छ ।

वडा युवा जनमत संघकाे अध्यक्षमा युग्नेश्वर मण्डल, उपाध्यक्षमा मनाेहर मण्डल, सचिवमा श्रवण कुमार मण्डल, काेषाध्यक्षमा उपेन्द्र कुमार मण्डललाई चयन गरिएको छ भने, दिलिप कुमार मण्डल, कैलाश कुमार मण्डल, मनाेज प्रसाद मण्डल, चन्द्रनारायण मण्डललगायतका व्यक्तिहरु सदस्यमा रहेकाे छ ।

जनमत पार्टीका केन्द्रिय सदस्य तथा सप्तरीका इन्चार्ज सुरेन्द्र मधेशीको प्रमुख आतिथ्यमा अायाेजना गरिएको कार्यक्रममा चन्देश्वर मण्डल (किसान), मनाेज यादव, नारायण यादव सञ्जय मधेसी, कमल कुमार मण्डलसमेतको उपस्थिति रहेकाे थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]