२८ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

संचार क्षेत्र स्वतन्त्र र निष्पक्ष हुनुपर्छ, अधिकार हतियारको रुपमा प्रयोग गर्नुहुदैन : वृशेषचन्द्र लाल

Logo
प्रकाशित बिहिबार, पुष २४, २०७६

न्यूजमधेश समाचारतादा
जनकपुरधाम, २४ पुस । राष्ट्रियसभाका सदस्य वृशेषचन्द्र लालले संचार क्षेत्रले अधिकारको प्रयोग अनुशासित भएर गर्नुपर्ने धारणा राखेका छन् । त्यसका लागि संचारजगतले स्वतन्त्र रुपमा कुनै पनि कुराको चिरफार र विश्लेषण गर्न पाउनुपर्ने बताएका हुन् ।

जनकपुरमा बिहीबार मिडिया काउन्सिल विधेयकको सम्बन्धमा आयोजित सम्बाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले संचार क्षेत्र स्वतन्त्र र निष्पक्ष हुनुपर्ने धारणा राखे । उनले मिडिया काउन्सिल विधेयकलाई परिमार्जित र परिस्कृत तथा समृद्ध बनाउनकै लागि देशको विभिन्न शहरमा पुगेर सम्वाद कार्यक्रम गरिरहेको बताए ।

राष्ट्रिय जनता पार्टीका वरिष्ट नेतासमेत रहेका उनले भने, ‘मिडिया पक्षपाती र आफ्नो जिम्मेवारीबाट अलग भयो भने समाजमा राम्रो प्रभाव पक्कै पार्दैन । त्यसैले स्वतन्त्र र निष्पक्ष हुन जरुरी छ ।’

उनले कसैको समर्थन वा कसैको विरुद्ध मिडिया हतियारको रूपमा प्रयोग नहोस् भन्ने चाहना रहेको बताए । उनले संचारको स्वतन्त्रतामाथि प्रहार भएमा लोकतन्त्रिक अभ्यासलाई असर पार्ने समेत औँल्याए । उनले प्रदेशसभाको भावना पनि समेटेर कानून बन्नुपर्नेमा जोड दिए ।

संघीय सरकारले मिडिया काउन्सिल विधेयक सदनमा लग्दा व्यापक विरोध भएको थियो । अहिले उक्त विधेयक सदनमा विचाराधिन अवस्थामा छ । अहिले उक्त विधेयकलाई संशोधन गरी परिस्कृत बनाएर पास गर्न देशभर सुझाव संकलन गर्ने क्रममा जनकपुरका संचारकर्मी, मानवअधिकारकर्मी र प्रदेश सांसदसँग सुझाव संकलन गरेको छ ।

सरकारले ल्याएको मिडियका काउन्सिल विधेयकमा पत्रकारलाई २५ हजारदेखि २० लाखसम्म जरिबाना गर्ने प्रावधानमा पत्रकारले आपत्ति जनाएका छन् । नेपाल पत्रकार महासंघ धनुषाका कोषाध्यक्ष अवधेश कामतले जरिवानाको प्रावधान हटाउनुपर्ने धारणा राखेका छन् । उनले संघीय सरकार २० लाखसम्म र प्रदेश सरकार त झन कैयौं गुणा बढी जरिबाना गर्ने प्रावधान राख्नु गलत भएको बताए ।

मिडिया काउन्सिल विधेयकमा पत्रकारलाई दक्ष बनाउन समय समयमा तालिमको व्यवस्था, पत्रकारितामै जीवन व्यतित गरेकाहरुलाई भत्ता र वर्गीकरण गरी विभिन्न सुविधा सरकारले दिनुपर्ने धारणा सहभागीले राखेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]