१६ आषाढ २०८२, मंगलबार
01-07-2025 , Tue
×

संचार क्षेत्र स्वतन्त्र र निष्पक्ष हुनुपर्छ, अधिकार हतियारको रुपमा प्रयोग गर्नुहुदैन : वृशेषचन्द्र लाल

Logo
प्रकाशित बिहिबार, पुष २४, २०७६

न्यूजमधेश समाचारतादा
जनकपुरधाम, २४ पुस । राष्ट्रियसभाका सदस्य वृशेषचन्द्र लालले संचार क्षेत्रले अधिकारको प्रयोग अनुशासित भएर गर्नुपर्ने धारणा राखेका छन् । त्यसका लागि संचारजगतले स्वतन्त्र रुपमा कुनै पनि कुराको चिरफार र विश्लेषण गर्न पाउनुपर्ने बताएका हुन् ।

जनकपुरमा बिहीबार मिडिया काउन्सिल विधेयकको सम्बन्धमा आयोजित सम्बाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले संचार क्षेत्र स्वतन्त्र र निष्पक्ष हुनुपर्ने धारणा राखे । उनले मिडिया काउन्सिल विधेयकलाई परिमार्जित र परिस्कृत तथा समृद्ध बनाउनकै लागि देशको विभिन्न शहरमा पुगेर सम्वाद कार्यक्रम गरिरहेको बताए ।

राष्ट्रिय जनता पार्टीका वरिष्ट नेतासमेत रहेका उनले भने, ‘मिडिया पक्षपाती र आफ्नो जिम्मेवारीबाट अलग भयो भने समाजमा राम्रो प्रभाव पक्कै पार्दैन । त्यसैले स्वतन्त्र र निष्पक्ष हुन जरुरी छ ।’

उनले कसैको समर्थन वा कसैको विरुद्ध मिडिया हतियारको रूपमा प्रयोग नहोस् भन्ने चाहना रहेको बताए । उनले संचारको स्वतन्त्रतामाथि प्रहार भएमा लोकतन्त्रिक अभ्यासलाई असर पार्ने समेत औँल्याए । उनले प्रदेशसभाको भावना पनि समेटेर कानून बन्नुपर्नेमा जोड दिए ।

संघीय सरकारले मिडिया काउन्सिल विधेयक सदनमा लग्दा व्यापक विरोध भएको थियो । अहिले उक्त विधेयक सदनमा विचाराधिन अवस्थामा छ । अहिले उक्त विधेयकलाई संशोधन गरी परिस्कृत बनाएर पास गर्न देशभर सुझाव संकलन गर्ने क्रममा जनकपुरका संचारकर्मी, मानवअधिकारकर्मी र प्रदेश सांसदसँग सुझाव संकलन गरेको छ ।

सरकारले ल्याएको मिडियका काउन्सिल विधेयकमा पत्रकारलाई २५ हजारदेखि २० लाखसम्म जरिबाना गर्ने प्रावधानमा पत्रकारले आपत्ति जनाएका छन् । नेपाल पत्रकार महासंघ धनुषाका कोषाध्यक्ष अवधेश कामतले जरिवानाको प्रावधान हटाउनुपर्ने धारणा राखेका छन् । उनले संघीय सरकार २० लाखसम्म र प्रदेश सरकार त झन कैयौं गुणा बढी जरिबाना गर्ने प्रावधान राख्नु गलत भएको बताए ।

मिडिया काउन्सिल विधेयकमा पत्रकारलाई दक्ष बनाउन समय समयमा तालिमको व्यवस्था, पत्रकारितामै जीवन व्यतित गरेकाहरुलाई भत्ता र वर्गीकरण गरी विभिन्न सुविधा सरकारले दिनुपर्ने धारणा सहभागीले राखेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]