११ आश्विन २०८०, बिहिबार
28-09-2023 , Thu
×

भवन उदघाटनसँगै सरस्वती साना किसान कृषि सहकारी संस्थाको छैठौंं साधारणसभा सम्पन्न

Logo
प्रकाशित शुक्रबार, पुष २५, २०७६

 

मनोज बनैता, लहान, २५ पुस । सप्तरीको बलान बिहुल गाउँपालिका स्थित रहेको सरस्वती साना किसान कृषि सहकारी संस्था ले आफ्नो नवनिर्मित भवन उद्द्घाटन को साथ साथै आफ्ना छैठौं साधारणसभा मनाएका छन ।

प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना कार्यन्वयन ईकाई, आँप–जोन कदमाहा सप्तरीको सहयोगमा बनाईएको नवनिर्मित भवन सरस्वती साना किसान कृषि सहकारी संस्थाको पोष्ट हार्भेष्ट सेन्टर भवन समेतको उदघाटन प्रमुख अतिथि बलान बिहुल गा.पा. अध्यक्ष दयानन्द गोईत द्वारा गरिएको छ ।

साना किसानको वर्तमान अध्यक्ष रामकुमार यादवको अध्यक्षतामा संचालित उक्त कार्यक्रममा संस्थाका शाखा प्रबन्धक बिबेक कुमार चौधरीले आ.व २०७६/०७७ को आय व्यय प्रस्तुत गरेका थिए । प्रबन्धक चौधरीको अनुसार नवनिर्मित भवन कुल ११ लाख ४१ हजार एक सय छिहतरी रुपैया सैतालिस पैसाको लागतमा निर्माण गरिएको छ ।

एक कट्ठा जग्गामा नवनिर्मित भुईतल्ले भवनमा हाल दुइवटा कोठा र एक सौचालय रहेका छन। अध्यक्ष रामकुमार यादव का अनुसार आवश्यकता अनुसार कोठा बिस्तार गरिनेछ ।बलानबिहुल गाउँपालिकाको अध्यक्ष दयानन्द गोईतले साधारणसभा सम्बोधन गर्दै भने कि ६ वटै वडाको लागी एक करोड भन्दा अधिक लागत कृषि तथा सिंचाईको लागि ल्याईएको छ । हाल आर्थिक बिकास अपरिहार्य रहेको भन्दै अध्यक्ष गोईतले साना किसान संस्थाका अध्यक्ष रामकुमार यादवलाई किसान मैत्री आर्थिक अभियानमा लाग्न सुझाव दिए । उनले किसानको लागि ल्याईएको योजनाहरुमा गा.पा ले उल्लेख्य सहयोग गर्ने प्रतिवद्धता जनाए ।

उदघाटन कार्यक्रममा बलान बिहुल गाउँ कार्यपालिकाको प्रमुख प्रशासकीय अधिकृत रामसुन्दर थापा, रानगर कृषि सहकारी संस्थाका अध्यक्ष रामचन्द्र यादव, कोदरकट्टी साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष रामचन्द्र यादव, भू.पू.गा.वि.स. अध्यक्ष अरुण कुमार गोईत र छत्र नरायण यादव लगायत वार्ड नं. १ का भू.पू. वडा अध्यक्ष रामनरायण यादव( अगिनधर) समाजवादी पार्टीको संघिय परिष्दको केन्द्रिय सदस्य तथा पूर्व शिक्षा अधिकारी गंगाराम यादव, राजपाको रामेश्वर यादव, कृषि संघ सप्तरीका अध्यक्ष श्री बलराम यादव, प्रदेश सदस्य श्री सत्यनारायण यादव, सान किसान कृषि सहकारी संस्थाको अध्यक्ष रामनरायण, प्रबन्धक श्रवण साह,घोघनपुर साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष रिखी माया थापा त्यस्तै सरस्वती साना किसान कृषि सहकारी संस्थाको संचालक बिना देवी गोईत, सदस्यहरुमा सिताराम प्रसाद शर्मा, दिगम्वर यादव, साना देवी राम, चिन्ता चौधरी, सुनिता मण्डल, अमिरका देवी चौधरी, संतोषी कुमारी चौधरी, बालदेव साह, स्थानीय, बुद्धिजीवी लगायत पत्रकारहरुको पनि उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ। सरकारले यस वर्ष पनि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालनका लागि आठ करोड ३३ लाखको खसी, बोका तथा च्याङ्ग्रा खरिद गर्ने भएको छ । चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन गर्ने र दसैँ ,तिहारका लागि खाद्य,व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खसी, बोका तथा च्याङ्ग्रा खरिद गर्न लागेको हो । कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेका अनुसार दसैँका […]

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका भरत चौधरीले व्यावसायिक रूपमा काँक्रो खेती गरी मनग्य आम्दानी गर्दै आएका छन् । मौसमी र बेमौसमी काँक्रो खेती गरी उनले वार्षिकरूपमा रु पाँच लाख बढी आम्दानी गर्दै आएका छन् । स्थानीय जातका र वर्णशङ्कर (हाइब्रेड) जातका काँक्रो खेतमा उत्पादन गरेर उनले घर–व्यवहार सहज रूपमा चलाएका छन् । ‘एक दशकदेखि काँक्रो […]

दाङ । दाङको तुलसीपुर–६ स्थित गणपति तेल मिलमा आगलागी भएको छ । शनिबार बिहान करिब साढे २ बजे तेल मिलमा आगलागी भएको हो ।आगलागी भएको जानकारी पाएलगत्तै स्थानीय र प्रहरीले पानी ट्यांकरहरुको सहयोगमा आगो नियन्त्रणमा लिएका थिए । बिहान साढे ४ बजे आगलागी नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवराज केसीले जानकारी दिए […]