११ पुष २०८२, शनिबार
27-12-2025 , Sat
×

दलित जनमत संघ बाराको अध्यक्षमा रामबाबू चयन

Logo
प्रकाशित शुक्रबार, पुष २५, २०७६

न्यूजमधेश समाचारदाता
बारा,२५ पुस।डा सीके राउत नेतृत्वको जनमत पार्टीको जनवर्गीय संगठन दलित जनमत संघ बाराको जिल्ला स्तरीय कार्य समिति शुक्रबार गठन भएको छ।

बारा जिल्लाको गढिमाई नगरपालिकाको बरियारपुर स्थित गढिमाई प्राथमिक विद्यालयमा विबेक पटेलको अध्यक्षतामा एक कार्यक्रम विच ३५ सदस्यीय दलित जनमत संघ बाराको जिल्ला स्तरीय कार्य समिति गठन गरिएको छ।

कार्य समितिको अध्यक्षमा रामबाबु रामलाई सर्वसहमतीले चयन गरेको छ।उक्त समितिको उपाध्यक्ष दिपक बैठा,सचीव दिपेन्द्र पासवान,सह सचीव धर्मेन्द्र पासवान ,कोषाध्यक्ष उर्मिला देवि राम रहेको छ भने सदस्यमा कलौटी पासवान ,प्रमानन्द पासवान , रुपक बैठालगाइतको व्यक्तिहरु रहेको छ।

कार्यक्रममा प्रमुख अतिथिमा दलित जनमत संघ धनुषाको अध्यक्ष रघुविर दास,विशिस्ट अतिथी जनमत पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज ओम प्रकाश साह र अतिथिमा युवा नेता विनोद यादव ,सुनिल यादव ,सुजित कुशवाहा,लवकुश राज कुशवाहा,कार्तिक देव पाण्डेको विशेष उपस्थितमा ३५ सदस्यीय दलित जनमत संघ बारा गठन भएको विनोद यादवले न्यूजमधेशलाई जानकारी गराएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]