०८ चैत्र २०८२, सोमबार
23-03-2026 , Mon
×

प्रदेश ५ का दलित पत्रकार चन्द्रौटामा भेला हुँदै, प्रथम प्रदेश भेलाकाे तयारी पूरा

Logo
प्रकाशित शनिबार, पुष २६, २०७६

न्यूजमधेश सनचारदाता
कपिलबस्तु ,२५ पुस । राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम प्रदेश भेला आईतबार कपिलबस्तुको चन्द्रौटा हुदै छ । प्रथम भेलाको सम्पूर्ण तयारी पूरा भएको प्रदेश भेला व्यवस्थापन समितिले जनाएको छ ।

प्रथम ऐतिहासिक भेलाको प्रदेश ५ का प्रदेश प्रमुख धर्मनाथ यादवले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । भेलामा प्रदेश ५ का १२ वटै जिल्लामा क्रियाशिल करिव १ सय दलित समुदायका पत्रकारहरुको सहभागिता हुने आयोजकले जनाएका छन् ।

उद्घाटन सत्र अघि दलित समुदायका पत्रकार तथा अधिकारकर्मी एंव सांसद र जनप्रतिनिधिहरुको समेत सहभागितामा विहान कपिलबस्तुको चन्द्रौटा बजारमा ¥याली निकाल्ने कार्यक्रम रहेको संघका केन्द्रीय अध्यक्ष विनोद पहाडीले बताउनुभयो ।

उहाँले देशैभर प्रदेश र जिल्ला शाखा विस्तारमा रहेको संघले भेदभावविरुद्ध सशक्त रुपमा उत्रने गरि आफ्नो अभियानलाई अघि बढाइएको बताउनुभयो । कपिलबस्तुको चन्द्रौटा ऐतिहासिक ठाउँ र प्रदेशको मध्यभागमा रहेकाले समेत संघको प्रथम ऐतहासिक भेला राखिएको उहाँले बताउनुभयो ।

भेलामा नेपाल पत्रकार महासंघ, सहित पत्रकार सम्बद्ध संघसंस्था, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि र दलित अधिकारकर्मी समेत सहभागी हुने प्रदेश ५ भेला व्यवस्थापन समितिका संयोजक चिन्ता परियारले बताउनुभयो । उहाँले भेलामा सहभागि हुन केन्द्रीय पदाधिकारी तथा जिल्लाका पत्रकारहरु चन्द्रौटा आइसकेको जानकारी दिनुभयो ।

भेला सम्पन्न गर्नका लागि स्थानीय तह, दलित सम्बद्ध संघसंस्थाहरुको सहयोगमा भेलाको तयारी गरिएको संघका केन्द्रीय सदस्य तथा प्रदेश ५ का इन्चार्ज सोना खटिकले बताउनुभयो ।

उद्घाटनसत्रपछि बन्दसत्रमा नयाँ नेतृत्व र दलित समुदायका पत्रकारहरुको भूमिकाका बारेमा छलफल हुने छ । भेला प्रदेशको नेतृत्व चयन गरि आईतबार नै सकिने जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]