१२ आश्विन २०८०, शुक्रबार
29-09-2023 , Fri
×

दिलिप महतोलाई सहिद घोषणा गर्न विद्यार्थी जनमत संघको माग

Logo
प्रकाशित शनिबार, पुष २६, २०७६

न्यूजमधेश समचारदाता
जनकपुरधाम,२६ पुस। डा. सीके राउत नेतृत्वको जनमत पार्टीका भातृ संगठन विद्यार्थी जनमत संघ धनुषाले शनिवार जनकपुरमा क्रसर उधोगको टिपरले हत्या गरेका दिलिप महतो सहिद घोषणा गर्न माग गर्दै प्रदर्शन गरेको छ।

संघका धनुषा अध्यक्ष विजय यादबको नेतृत्वमा दिलिप महतोको हत्या गर्नेलाई कडा कारबाही गर्न जनकपुरमा प्रदर्शन गरेको हो । संघसँग आवद्ध विद्यार्थीहरु जनकपुरको जनकचोकमा श्रद्धाञ्जलीसभा पश्चात विभिन्न चोकमा प्रदर्शन गरेका छन् । उनीहरुले मृतक दिलिपलाई शहिद घोषणा गर, घटनामा संलग्न सबैलाई नियन्त्रणमा लिएर छानिवन गर, पीडित परिवारलाई क्षतिपुर्ती देउ जस्ता नारा लगाएका थिए ।

प्रदर्शनमा संघका केन्द्रिय अध्यक्ष पोषण यादब समेत सहभागी थिए । उनले योजनावद्ध तरिकाले दिलिपको हत्या भएको भन्दै गम्भिर रुपमा छानविन गर्न माग गरे । उनले भने, ‘हत्यामा क्रसर संचालकदेखि प्रहरी र वडाध्यक्षसम्मको मिलोमतो देखिएको छ । उनी सबैलाई कानूनी दायरामा ल्याउनुपर्छ ।’

शुक्रवार विहान धनुषाको मिथिला नगरपालिका ५ श्रीपुरमा औरही खोलाको डिलमा संचालित चुरियामाई वालुवा प्रशोधन क्रेन्द्र नामको क्रसर उधोगको टिपरले किचेर दिलिपको हत्या गरेको थियो । घटनामा संलग्न टिपर चालक र क्रसर उधोगका संचालक विपिन महतोलाई प्रहरीले पक्राउ गरिसकेको छ । तर हत्यामा संलग्न रहेको भनिएका वडाध्यक्ष र प्रहरीमाथि भने प्रहरीले छानविन गर्न चाहेका छैन ।

दिलिपको हत्या गरेर टिपरले किचेको पीडित परिवारको आरोप छ ।

कार्यक्रममा विद्यार्थी नेता निरज पासवान,संजिव यादव ,अमरेश यादव,धिरज मण्डल ,संघको कोषध्यक्ष ज्ञानेन्द्र दास,उपेन्द्र रोहिता ,राम भरोश यादव ,किलेश मण्डल समेतको उपस्थितिमा विरोध प्रदर्शन गरेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम ।स्वाधीन मधेश जन अभियानका संयोजक प्रा.कैलाश महतोले लोसपाका महासचिव जासर यादवमाथी मुद्दा हालेका छ्न। महोत्तरीको एकडारा गाउँपालिका -४ चकवा घर भइ हाल रौतहटमा बसोबास गर्दै आइरहेका लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का महासचिव जासर यादव विरुद्ध अभियानका संयोजक महतोले बैङ्किङ कसुरमा मुद्दा दर्ता गराएका हुन। अभियानका संयोजक महतोले उनी विरुद्ध जिल्ला अदालत महोत्तरीमा मुद्दा दर्ता गराएको हो। अभियानका […]

जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका- १२ स्थित बिक्री गरिसकेको घर एक महिलाले गुण्डा लगाएर कब्जा गरेकी छन् । स्थानीय सावित्री गिरीले १५ वर्ष अगाडि २५ लाख रुपैयाँमा रामबाबु साहलाई बेचेको घरमा गुण्डा लगाएर कब्जा गरेकी हुन् । उनले घरधनी साहलाई उल्टै मिटरब्याजीको आरोप लगाउँदै प्रशासनमा उजुरी दिएकी छन् । घरधनी साहले घरका कोठाहरु भाडामा लगाएका […]

राजविराज । सप्तरीको तिलाठी कोईलाडी नगरपालिकामा विभिन्न पार्टी परित्याग गर्दै सयौ जना नेताकार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छ्न। नगरपालिका वडा नम्बर ६ मधेपुरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टीका नेताकार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन। जनमत पार्टीका केन्द्रिय सदस्य डा.सीके सिंह र जनमत पार्टी सप्तरी इन्चार्ज राम गमन साहले नव प्रवेशी नेताकार्यकर्तालाई टीका लगाएर पार्टीमा […]