२८ आषाढ २०८२, आइतबार
13-07-2025 , Sun
×

जुवातासले बन्नायो बनबास( कविता)

Logo
प्रकाशित आइतबार, पुष २७, २०७६

नखेल पासा र जुवातास
जुवातासले बनाउछ बनबास।

जुवातास खेल्छौं भने खेलु- खेलु लाग्छ
जति खेल्छौ व्यक्ति छेरै धन सम्पत्ति जान्छ।।

जुवा तासले खेल्छौ हामी धन युवानै
आसामा बस्नु पर्छ सधै-सधै दु:खिको बेलामा
नखेल पासा र जुवातास जुवातासले बनाउँछ बनबास।।

झिमिर झिमिर पानी पर्यो ओतिर्ने ठाउँ छैन
घर जग्गा सबै बेच्यो जग्गाको नाउ छैन।।

जुवातास खेल्दा हामी कतिनै रमाउछौ
त्यसको असर हामी आफ्नो परिवारमा नै
सुनाउछौं जुवातास खेल्दा भने खेलु खेलु लाग्छ
जति खेल्यो त्यति धेरै धन सम्पत्ति जान्छ।।

नाम: पुजा कुमारी पण्डित
स्कुल: श्री माध्यमिक विद्यालय जनकनन्दनी गाउपालिका ( खजुरी )
कक्षा: नौं

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ : चलचित्र विकास बोर्डले ७२ चलचित्रकर्मीलाई ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गरेको छ । आज चलचित्र विकास बोर्डको सभाहलमा आयोजित ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र वितरण कार्यक्रम’ मा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गर्नुभएको हो । मन्त्री […]

सुनसरी, १८ भदौ। भारी वर्षाका कारण खहरे खोलामा आएको बाढीले लगातार खोला कटान गर्न थालेपछि धरान उपमहानगरपालिका–१३ खहरे खोला नजिकका बस्ती उच्च जोखिममा परेका छन् । धरान–१३ की राधिका लिम्बू घरभित्र पानी पसेपछि घर सफा गर्न दुई दिन लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “पानी पर्न थालेपछि राति घरमा सुत्न सकिँदैन कतिबेला बाढी आएर बगाउँछ भन्ने […]

कञ्चनपुर, १८ भदौ। जिल्लाको बेलौरी नगरपालिका–७ वर्का सिङ्पुरका स्थानीयको उखुबारीबाट ब्रुमाइज पाइथान (अजिङ्गर)को उद्धार गरिएको छ । मध्य ब्रुमाइज पाइथन (अजिङ्गर) प्रजातिको अजिङ्गरको आज साँझ उखुबारीबाट उद्धार गरी स्थानीयले सिंहपाल सामुदायिक वन क्षेत्रमा लगेर छाडिएको सामुदायिक वनका अध्यक्ष पविराम थारुले जानकारी दिनुभयो । बेलौरी–३ का वडा सदस्य कमानसिंह चौधरीका अनुसार उद्धार गरिएको अजिङ्गरको तौल ३५ […]