१५ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

सप्तरीका तीन जना पत्रकार पुरस्कृत

Logo
प्रकाशित आइतबार, पुष २७, २०७६

न्यूजमधेश समाचारदाता
राजविराज,२७ पुस । पत्रकार लोकेन्द्र बूढाथोकीको स्मरणमा नेपाल पत्रकार महासंघ शाखा सप्तरीले शनिबार राजविराजमा कार्यक्रमको आयोजना गरेको छ । यो शाखाले प्रत्येक बर्ष लोकेन्द्र स्मृति दिवस मनाउँदै आएको छ ।

शनिबार आयोजना गरिएको लोकेन्द्र स्मृति कार्यक्रममा तीन जनालाई पुरस्कृत गरिएको छ । एक जनालाई लाकेन्द्र स्मृति पत्रकारिता पुरस्कारबाट तथा बाँकी अन्य दुई जना पत्रकारलाई अन्य पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको छ ।

लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कार जनता टेलिभिजनका विद्यानन्द रामले पाएका छन् । लोकेन्द्र स्मृति पत्रकारीता पुरस्कार कोषका संस्थापक सदस्य समेत रहेका राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेल र महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खड गाले रामलाई संयुक्त रुपमा नगद,दोसल्ला तथा प्रमाण पत्र प्रदान गरे । सो पुरस्कारको राशी भने ५ हजार ५ रुपैयाँ रहेको छ ।

सोही कार्यक्रममा वरिष्ठ पत्रकार शिवहरि प्रसाद भट्टराईले आफ्ना स्वर्गीय मातापिताको नाममा स्थापना गरेको।लक्ष्मीमुक्ती स्मृति पत्रकारीता’ बाट पत्रकार व्यास शंकर उपाध्याय तथा वातावरण दैनिकका सम्पादक वैद्यनाथ झाले स्थापना गरेको उमासिंह स्मृति पत्रकारीता पुरस्कारबाट दिनानाथ यादव पुरस्कृत भएका छन् ।पत्रकार उपाध्याय काठमाडौंबाट प्रकाशित दहिमालयन टाइम्स’ पत्रिकामा सप्तरी सम्वाददाताका रुपमा कार्यरत रहेका छन् भने यादव रेडियो नेपालको जिल्ला सम्वाददाता हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]