२७ कार्तिक २०८२, बिहिबार
13-11-2025 , Thu
×

यादवको समर्थनमा हजारों जनता सडकमा

Logo
प्रकाशित सोमबार, पुष २८, २०७६

न्यूजमधेश समाचारदाता
जनकपुरधाम,२८ पुस।गत पुस २३ गते बुधवार जिल्ला प्रहरी कार्यालय सर्लाही द्वारा पक्राउ गरिएको सर्लाहीका रामबाबु राय यादवको समर्थनमा रिहाइको मांग गर्दै पौष २७ गते आइतवार हजारोंको संख्यामा उंहाको शुभचिन्तक, नागरिक समाज र सर्वसधाहरण बरहथवामा प्रदर्शन गरेका छन् ।

बरहथवा नगरपालिका लगायत आसपासका १०-१२ गाउँका हजारोंको संख्यामा सर्वसाधाहरण आ-आफ्नो गाउँको नाम बैनरमा राखी प्रदर्शनमा उपस्थित भएका थिए । विपक्षीहरुले आफ्नो नेता रामबाबुको लोकप्रियता बाट भयभित भएर उनका राजनीतिक चरित्र हत्या गर्ने उद्देश्यको साथ रामबाबु यादवलाई ठुलो षड्यन्त्र रचेर फसांएको आरोप प्रदर्शनमा सहभागीहरुले बताए ।

रामबाबुको भाई लालबाबुले उनका दाजु लेनदेन धेरै पहिला देखि गर्दै आएको तर कसैसंग बेइमानी नगरेको बताए । “बैंकले धनी र व्यापारीलाई मात्र चिन्ह छ, गरिवलाई चाहिएको बेला पैसा ऋण दिने गाउँका साहुहरू नै हुन्, मेरो दाजुसंग ऋण लिएर कयौंजना विदेशी रोजगारमा गएका छन्, केहि नहुनेले दाजु कै पैसा लिएर बरहथवामा व्यापार बढाएका छन्, विरामी वा कुनै इमर्जेन्सी परेको बेला आधी रातमा पनि दाजुले मद्दत गरेको कयौं उधाहरण छन्, ऋण लिने बेलामा खुट्टा-हात समात्ने तर तिर्नेबेला केहिजनको नियत बिग्रेको कारण र त्यस्ताहरु लाई केहि विपक्षी राजनीतिकर्मीले आफ्नो प्रभावमा पारी दाजुको राजनीतिक चरित्र हत्या गर्न विरोधमा खडा गरेको” गुनासो लालबाबुको थियो ।

कोणसभामा सम्बोधन गर्दै शिक्षक राम कैलाश यादवले रामबाबुको परिवार कै कारण सीतापुरमा स्थित विधालय जिल्लाको नमुना विधालय बन्न सफल भएको बताए । उक्त विधालयलाई रामबाबुको परिवारले दश कठ्ठा जग्गा र आर्थिक दान गरेका थिए जसको आजको दिन मुल्यांकन करिव दश करोड़ भन्दा पनि बढी रहेको छ । रामबाबु यादव अध्यक्ष रहेको बेला उक्त विधालय सबैभन्दा बढी विकास गरेको भनाई राम कैलाशको थियो ।

रामबाबु यादवको श्रीमती उर्मिला यादवले श्रीमानलाई प्रहरीले झुठो मुद्दामा फंसाएको आरोप लगाए । यदि मेरो श्रीमानले कसैसंग बेइमानी गरेको वा कसैलाई ठगेको छ भन्ने त्यसको अनुसंधान हुनुपर्छ र हामी अनुसंधानमा पूर्ण सहयोग गर्नेछौं तर अदालतको फैसला अगाडी नै केहि मेडियामा मेरो श्रीमानको चरित्र हत्या गर्ने खालका समाचार पढेर हामी सम्पूर्ण परिवार स्तम्भ र दुखी रहेका भनाई श्रीमती उर्मिलाको रहेको छ ।

राजनीतिक चरित्र हत्या गर्न पाइंदैन, बिना शर्त रिहाइ गर, गरिवको सहारा र हाम्रो नेता रामबाबु यादवको तुरन्त रिहाइ गर, शिक्षाप्रेमी रामबाबु यादव माथि झुठो मुद्दा लगाउन पाइंदैन आदि नाराहरु प्लेकार्डमा लेखि वृद्ध, महिला, युवा, नागरिक समाज, व्यापारी, प्रबुद्ध वर्ग, विभिन्न पार्टीक नेता-कार्यकर्ता आदि प्रदर्शनमा उपस्थित थिए ।

रामबाबु यादव राजपाका केन्द्रिय सदस्य पनि हुन् । तुरन्त रामबाबुलाई निशर्त रिहाइ नगरिए हामी डेलिगेसन लिएर काठमाडौँ पनि पुग्छौं र यसको असर राष्ट्रियसभा चुनावमा पर्न सक्ने राजपाका एकजना जिल्ला नेताले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]