१० फाल्गुण २०८२, सोमबार
23-02-2026 , Mon
×

विद्यार्थीलाई विश्वासका साथ अगाडी बढन डा.राउतको निर्देशन

Logo
प्रकाशित मंगलबार, पुष २९, २०७६

मनोज मोरवैता
जनकपुरधाम, २९ पुस ।जनमत पार्टीका संयोजक सिके राउतले विद्यार्थीहरुलाई विश्वासका साथ अगाडी बढ्न निर्देशन दिएका छन ।

सोमवार देखि जनकपुरधाममा सुरु भएको विद्यार्थी जनमत संघको केन्द्रिय वैठक तथा प्रशिक्षण कार्यक्रमको मंगलवार समापन कार्यक्रममा बोल्दै नेता राउतले अगाडी बढनका लागि आफुमा भएको विश्वासलाई मजवुत बनाएर अगाडी बढे सफलता आफै पाइने वताए ।

उनले विद्यार्थीहरुलाई निर्देशन दिदै भने विद्यार्थी नै देशको भविष्य भएकोले शिक्षा आर्जनका साथ साथै देश हाक्ने गुण पनि सिक्नुपर्ने वताए ।आफनो हक र अधिकारका लागि सदैव तत्पर रहने र त्यसका लागि शिक्षा महत्वपुर्ण रहेको बताए।

उनले आफनो संगठन विस्तार गर्नका लागि सवैले आ आफनो तवरबाट पहल गर्न विद्यार्थीहरुलाई आग्रह समेत गरेका थिए ।विद्यार्थी जनमत संघको बसेको दुइदिने बैठकबाट पोषण यादवको संयोजकत्वमा ५१ सदस्यीय केन्द्रिय कार्यसमिति समेत गठन गरिएको छ ।

वैठकमा देशका १५ वटा जिल्लाका विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]