०५ फाल्गुण २०८२, बुधबार
18-02-2026 , Wed
×

युवा जनमत संघ सप्तरीको अध्यक्षमा यादव चयन

Logo
प्रकाशित मंगलबार, पुष २९, २०७६

न्यूजमधेश समाचारदाता
राजविराज, २९ पुस।डा.सिके राउत नेतृत्वको जनमत पार्टी सप्तरीको जिल्ला तदर्थ समन्वय समिति र युवा जनमत संघ सप्तरीका तदर्थ समिति मंगलवार गठन गरिएको छ ।

राजविराज नगरपालिका वडा नम्बर ६ स्थित रहेको जनमत पार्टी सप्तरीका कार्यालयमा अयोजना गरिएको एक कार्यक्रम बिच जिल्ला समन्वय तदर्थ समितिका संयोजक चन्देश्वर मण्डल (किसान) रहेको छ भने, युवा जनमत संघ सप्तरीको संयोजक मनोज यादव रहेको छ ।

यसै गरी सञ्जय यादव, शिव नारायण यादव, मो. उस्मान, गुलाब मण्डल, भुटो मण्डल, हुकुमदेव साह, शंकर खड्का, राजेन्द्र साह, शिव नारायण यादव, रमानन्द मण्डल, कृष्ण विहारी मेहता, चुनेश्वर साह, विजय कृष्ण साह, कमल मण्डल, जयप्रकाश मण्डललगायत १०१ सदस्यीय जिल्ला समन्वय तदर्थ समिती गठन गरिएको छ ।

यसै गरी युवा जनमत संघ सप्तरीका तदर्थ समितीका सदस्यमा जिवछ यादव, केशव मण्डल, कृष्णा साह, युग्नेश्वर मण्डल, डम्बर राज मण्डल, महेश यादव, राजेश माझी, राजकिशोर मण्डल, मिन्तर मुखिया, रन्जित सन्त, सुर्य नारायण खंग, श्रवण कुमार खंग, जिवन लौगी, केशव दास, जय नारायण राय, गजेन्द्र मण्डल, ललित नारायण मण्डल, सुमित मण्डललगायतका ५१ सदस्यीय समिति गठन गरिएको छ ।

अगामी माघ १८ गते आयोजना हुन गईरहेको वृहत आमसभा भव्यरुपमा सु सम्पन्न गर्नका लागी अार्थीक समिति, प्रचार प्रसार समिती, कार्यक्रम व्यवस्थापन समिती, स्वयमसेवक सञ्चालक समिती, यातायात व्यवस्थापन समिती समेत त्यार गरिएको छ । जनमत पार्टीका केन्द्रिय सदस्य तथा सप्तरीको इन्चार्ज सुरेन्द्र मधेशीको प्रमुख आतिथ्यमा आयोजना गरिएको कार्यक्रममा विभिन्न गाउँपालिका तथा नगरपालिकाबाट पार्टीका कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]