०६ फाल्गुण २०८२, बिहिबार
19-02-2026 , Thu
×

बाल शोषण तथा बालविवाह सचेतना सम्वन्धि प्रशिक्षण कार्यक्रम सुरु

Logo
प्रकाशित मंगलबार, पुष २९, २०७६

मनोज मोरवैता
जनकपुरधाम,२९ पुस।धनुषामा बाल शोषण तथा बालविवाह सम्वन्धि चारदिने प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।

सामुदायीक विकास नेपाल धनुषाको आयोजनामा बटेश्वर गाउपालिका वडा नं १ स्थित रहेको शिवशक्ती मावि बटेश्वरमा मंगलवार देखि सुरु भएको बालशोषण तथा बालविवाह सचेतना प्रशिक्षण कार्यक्रममा बाल अधिकार सम्वन्धि सचेतना चार दिन सम्म तालिम मार्फत दिइने जनाइएको छ ।

सामुदायीक विकास नेपालका अध्यक्ष रामसागर यादवले बाल अधिकार सम्वन्धि सरकारले वनाएको निती र समाजमा बाल अधिकार सम्वन्धि रहेको धारणालाई तालमेल मिलाउन र बाल अधिकारको बारेमा सचेतना जगाउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको वताए ।

चारदिने प्रशिक्षण कार्यक्रममा बटेश्वर गाउपालिकाका कर्मचारी,वार्ड प्रतिनिधी,दलित,स्थानिय,बालबालिका लगायतको सहभागीता रहेको छ ।चार दिन सम्म चल्ने प्रशिक्षण कार्यक्रममा चन्देश्वर यादव,धर्मशिला यादव,सविता शर्मा,नागमणी रुद्रवागले प्रशिक्षण दिने भएको छ ।कार्यक्रमको उदघाटन शत्रमा गाउपालिकाका अध्यक्ष डम्वर बहादुर राउत क्षेत्री ,प्रमुख प्रशासकीय अधिकृत सावन कुमार चौधरी लगायतको उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]