३० मंसिर २०८२, मंगलबार
16-12-2025 , Tue
×

भीमदत्त र शुक्लाफाँटामा छाउगोठ भत्काउने अभियान जारी

Logo
प्रकाशित बुधबार, माघ ०१, २०७६

राघव बस्नेत
भीमदत्तनगर,१माघ।स्थानीय जनप्रतिनिधि र प्रहरीको संयुक्त पहलमा छाउगोठ भत्काउने अभियान शुरु भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिकामा मङ्गबार १२ वटा छाउगोठ भत्काइएको छ । भीमदत्त नगरपालिका–३ तिलकपुरमा सात र वडा नं ७ मा पाँच गरी १२ वटा छाउगोठ भत्काइएको हो ।

वडा प्रहरी कार्यालय भीमदत्तनगरका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले वडा कार्यालयसितको समन्वयमा छाउगोठ भत्काउने काम भएको जानकारी दिँदै अभियानले निरन्तरता पाउने छ भने । भत्काएका छाउगोठ पुनःनिर्माण गरिए वडा कार्यालयबाट उपलब्ध सुविधा दिन रोक लगाइने भीमदत्त नगरपालिका–३ का वडाध्यक्ष रामबहादुर जप्रेलले बताए ।

“यसअघि पनि हामीले छाउगोठ भत्काएका थियौँ ।” वडाध्यक्ष जप्रेलले भने, “केही स्थानीयले फेरी निर्माण गरेको पनि भेटियो ।” त्यसैगरी कञ्चनपुरको शुक्लाफाँटामा पनि सोमबारदेखि स्थानीय तह र प्रहरी प्रशासनको पहलमा छाउगोठ भत्काउने अभियान शुरु भएको शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख दिलबहादुर ऐरले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]