१७ आषाढ २०८२, बुधबार
02-07-2025 , Wed
×

सर्लाहीमा मुसहर समुदायको अन्तर्राष्ट्रिय भुईयाँ दिवस

Logo
प्रकाशित बिहिबार, माघ ०२, २०७६

राज कुमार महतो
सर्लाही, २माघ।मोरङ्गदेखि पर्सासम्मको मुसहर समुदायको अगुवाहरुले प्रत्येक साल माघ १ गते भुईया महाराजको तातो दुधले नुहाउने पुजा सहित “अप्पन संस्कृती अप्पन स्वाभिमान, तोडु विभेदके जंजिर, देखु वीर पुर्खाके नजिर” मुल नाराको साथ भुईया दिवस मनाउने थालेका छन् ।

मुसहर बस्तीको प्रत्येक घरबाट चामल र पैसा संकलन गरी चामलको खिर, खिचडी र पैसाबाट दुध, मिठा, लारा कचडा, अगरबती, पान, सुपारी, लगं लगायत अन्य सामग्री किनी पुस्तौदेखि गर्दै आएको रितिरिवाज अनुसार पुजाआजा सम्पन्न गरेको छ । बासमा तीर धनुष बनाई नयाँ ढाजा गाडी आज अन्तर्राष्ट्रिय भुईया दिवस मनाएका छन् ।

अन्तर्राष्ट्रिय भुईया दिवसको दास्रो दिनमा मुसहर समुदायको विभिन्न बस्तीबाट झाकी प्रदर्शन गर्ने र तेस्रो दिनमा प्रदेश २ का उद्योग पर्यटन मन्त्रालयका राज्यमन्त्री सुरेश मण्डल, भारत विहारको पुर्व मुख्यमन्त्री जितनराम माझीको छोरा, मुसहर समुदायको प्रथम पिएचडी तथा विधान परिषदको सदस्य सन्तोष सुमन माझी, पर्वत पुरुष दशरथ माझीको छोरा भागीरथ माझी लगायत नेपालको शिक्षित, बुद्धिजीवि, समाजसेवीहरुको सहभागीतामा थियो ।

उम्लिरहेको तातो दुधले नुहाउने अपटौनी पुजा, कलाकारहरु द्धारा साँस्कृतिक कार्यक्रम तथा मुसहर समुदायलाई सहयोग गर्ने व्यतिm तथा सस्थाहरुको सम्मान गर्ने कार्यक्रम रहेको शतिmहिनको सशतिmकरण मुसहर समुदायको समग्र उत्थान अभियानको संयोजक पचुलाल माझीले जानकारी दिनुभयो ।

अन्तर्राष्टिय भुईया दिवसको आयोजना अभियानी परोपकारी भोर नामक संस्था, शतिmहिनको सशतिmकरण मुसहर समुदायको समग्र उत्थान अभियान, ईश्वरपुर नगरपालिकाको कार्यलय, राष्ट्रिय मुसहर दिनाभद्री फण्ड, नेपाल राष्ट्रिय मुसहर संघ, अन्तर्राष्टिय मुसहर भुईया विकार समितीको संयुतm आयोजनामा मनाउन लागिएको हो ।

आयोजकका अनुसार अन्तर्राष्ट्रिय भुईया दिवस मुसहर समुदायको विशेष संलगतामा मनाउने भए पनि भुईयाको अर्थ भुमि, जग्गाजमिन, आमाको रुपमा धर्ती रहेकोले त्यसलाई सबैले सम्मान गरी बर्षको एकपटक पनि समय मिलाएर भुईया दिवस मनाउनु पर्ने बताउनुभयो ।

बाचेको एक मात्र मुसहर समुदायको संस्कृती तातो दुधले नुहाई गर्ने भुईया महाराजको अपटौनी पुजालाई बचाइ राख्न, भुईया महाराज (दिनाभद्री) को पहिचान तथा पराक्रमलाई स्थापित गर्न, भुईयाको अर्थ भुमि भएकोले मुसहर र भुमि बीचको सम्बन्ध मुसहर समुदायको पुर्खाले भुमिपुत्रको रुपमा गरेको कर्मलाई जनमानस समक्ष ल्याउन, भुमिको राजा भएको मुसहर कसरी भुमिहिन भएर दैनिक जीवन गुजारिरहेको तथ्य जनमानस समक्ष पुर्याउन अन्तर्राष्ट्रिय भुईया दिवस मनाइरहेको बताउनुभयो ।

दिनाभद्र्री (भुईया महराज) मुसहर कुलमा जन्मेको भए पनि उहाँहरुले सम्पूर्ण समाजको हितको लागी काम गरेका थिए । श्रम शोषक, अन्यायी, अत्याचारी कनक सिहं धामी तथा नवनबेली दुल्हनको डोलीलाई कब्जा गरी जवरजस्ती एक रात शारीरिक सम्वन्ध राख्ने अत्याचारी, सामन्ती जोरावार सिहं लगायत एक सय एक्कावन जना शोषक, अन्यायी , अच्याचारी, सामन्ती सित लडेर जीत प्राप्त गरेका थिए ।

जसको गुनगान नेपालमा मात्र नभएर छिमेकी देश भारतमा पनि चर्चा रहेकोले त्यसअनुरुप पनि अन्तर्राष्ट्रिय भुईया दिवस मनाइरहेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]