०६ चैत्र २०८२, शनिबार
21-03-2026 , Sat
×

सर्लाहीमा मुसहर समुदायको अन्तर्राष्ट्रिय भुईयाँ दिवस

Logo
प्रकाशित बिहिबार, माघ ०२, २०७६

राज कुमार महतो
सर्लाही, २माघ।मोरङ्गदेखि पर्सासम्मको मुसहर समुदायको अगुवाहरुले प्रत्येक साल माघ १ गते भुईया महाराजको तातो दुधले नुहाउने पुजा सहित “अप्पन संस्कृती अप्पन स्वाभिमान, तोडु विभेदके जंजिर, देखु वीर पुर्खाके नजिर” मुल नाराको साथ भुईया दिवस मनाउने थालेका छन् ।

मुसहर बस्तीको प्रत्येक घरबाट चामल र पैसा संकलन गरी चामलको खिर, खिचडी र पैसाबाट दुध, मिठा, लारा कचडा, अगरबती, पान, सुपारी, लगं लगायत अन्य सामग्री किनी पुस्तौदेखि गर्दै आएको रितिरिवाज अनुसार पुजाआजा सम्पन्न गरेको छ । बासमा तीर धनुष बनाई नयाँ ढाजा गाडी आज अन्तर्राष्ट्रिय भुईया दिवस मनाएका छन् ।

अन्तर्राष्ट्रिय भुईया दिवसको दास्रो दिनमा मुसहर समुदायको विभिन्न बस्तीबाट झाकी प्रदर्शन गर्ने र तेस्रो दिनमा प्रदेश २ का उद्योग पर्यटन मन्त्रालयका राज्यमन्त्री सुरेश मण्डल, भारत विहारको पुर्व मुख्यमन्त्री जितनराम माझीको छोरा, मुसहर समुदायको प्रथम पिएचडी तथा विधान परिषदको सदस्य सन्तोष सुमन माझी, पर्वत पुरुष दशरथ माझीको छोरा भागीरथ माझी लगायत नेपालको शिक्षित, बुद्धिजीवि, समाजसेवीहरुको सहभागीतामा थियो ।

उम्लिरहेको तातो दुधले नुहाउने अपटौनी पुजा, कलाकारहरु द्धारा साँस्कृतिक कार्यक्रम तथा मुसहर समुदायलाई सहयोग गर्ने व्यतिm तथा सस्थाहरुको सम्मान गर्ने कार्यक्रम रहेको शतिmहिनको सशतिmकरण मुसहर समुदायको समग्र उत्थान अभियानको संयोजक पचुलाल माझीले जानकारी दिनुभयो ।

अन्तर्राष्टिय भुईया दिवसको आयोजना अभियानी परोपकारी भोर नामक संस्था, शतिmहिनको सशतिmकरण मुसहर समुदायको समग्र उत्थान अभियान, ईश्वरपुर नगरपालिकाको कार्यलय, राष्ट्रिय मुसहर दिनाभद्री फण्ड, नेपाल राष्ट्रिय मुसहर संघ, अन्तर्राष्टिय मुसहर भुईया विकार समितीको संयुतm आयोजनामा मनाउन लागिएको हो ।

आयोजकका अनुसार अन्तर्राष्ट्रिय भुईया दिवस मुसहर समुदायको विशेष संलगतामा मनाउने भए पनि भुईयाको अर्थ भुमि, जग्गाजमिन, आमाको रुपमा धर्ती रहेकोले त्यसलाई सबैले सम्मान गरी बर्षको एकपटक पनि समय मिलाएर भुईया दिवस मनाउनु पर्ने बताउनुभयो ।

बाचेको एक मात्र मुसहर समुदायको संस्कृती तातो दुधले नुहाई गर्ने भुईया महाराजको अपटौनी पुजालाई बचाइ राख्न, भुईया महाराज (दिनाभद्री) को पहिचान तथा पराक्रमलाई स्थापित गर्न, भुईयाको अर्थ भुमि भएकोले मुसहर र भुमि बीचको सम्बन्ध मुसहर समुदायको पुर्खाले भुमिपुत्रको रुपमा गरेको कर्मलाई जनमानस समक्ष ल्याउन, भुमिको राजा भएको मुसहर कसरी भुमिहिन भएर दैनिक जीवन गुजारिरहेको तथ्य जनमानस समक्ष पुर्याउन अन्तर्राष्ट्रिय भुईया दिवस मनाइरहेको बताउनुभयो ।

दिनाभद्र्री (भुईया महराज) मुसहर कुलमा जन्मेको भए पनि उहाँहरुले सम्पूर्ण समाजको हितको लागी काम गरेका थिए । श्रम शोषक, अन्यायी, अत्याचारी कनक सिहं धामी तथा नवनबेली दुल्हनको डोलीलाई कब्जा गरी जवरजस्ती एक रात शारीरिक सम्वन्ध राख्ने अत्याचारी, सामन्ती जोरावार सिहं लगायत एक सय एक्कावन जना शोषक, अन्यायी , अच्याचारी, सामन्ती सित लडेर जीत प्राप्त गरेका थिए ।

जसको गुनगान नेपालमा मात्र नभएर छिमेकी देश भारतमा पनि चर्चा रहेकोले त्यसअनुरुप पनि अन्तर्राष्ट्रिय भुईया दिवस मनाइरहेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]