२० पुष २०८२, सोमबार
05-01-2026 , Mon
×

पत्रकार संघ धनुषाको अध्यक्षमा दास चयन

Logo
प्रकाशित बिहिबार, माघ ०२, २०७६

न्यूजमधेश समाचारदाता
जनकपुरधाम,२ माघ।धनुषामा एक समारोहबीच विहिवार राष्ट्रिय दलित पत्रकार संघ नेपाल धनुषा शाखा गठन भएको छ।‘लोकतन्त्रको मूल आधार, सामान सहभागिता र विभेदमुक्त समाज अभिव्यक्ति स्वतन्त्रता र मर्या्दित पत्रकारिता हाम्रा आवाज नाराका साथ सात सदस्यीय समिति गठन गरिएको हो ।

संघ धनुषाको अध्यक्षमा कुलदीप दास प्रेम, उपाध्यक्षमा अनामिका मण्डल, सचिवमा राजेश पासमान, कोषाध्यक्षमा दिलिप दास रहेका छन् । त्यस्तै सदस्यमा रामएकवाल महरा र शंकर पासमानलाई सर्वसम्मतिबाट चयन गरिएको छ । त्यस्तै सल्लाहकारमा कैलास दास, राजु पासमान र विनोद महरा रहेका छन् ।

समाचार दैनिकका सम्पादक कैलास दासको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि प्रदेश साँसद चमेली देवी दासले दलितको संस्कृति संरक्षण र अधिकार सुनिश्चित हुने आश जागेको बताएका छन् । साँसद दासले भनिन, ‘पत्रकार कुनै जात र समुदायको हुँदैन । तर दलित पत्रकार संघ गठन पश्चात् दलितको अवस्थाबारेमा बढि लेख्ने र समस्या उजागर गर्ने विश्वास छ ।’ दलित पत्रकार नभएकै कारण अहिलेसम्म दलितको कुरा जुनरुपमा उठ्नुपर्ने थियो उठ्न नसकेको उनले जिकिर गरेकी छन् ।

त्यस्तै कार्यक्रममा विशिष्ट अतिथि विदेह नगरपालिकाका मेयर बेचन दासले पत्रकारका लागि छुट्याइएको बजेट मध्ये ४० प्रतिशत बजेट दलित पत्रकारहरुकै कार्यक्रम मार्फत खर्चिने उदघोष गरेका छन् । उनले अब गाउँ गाउँमा दलितहरुको समस्या बुझेर सम्बन्धित निकायसम्म जाने छ विश्वास रहेको बताएका छन् । कार्यक्रममा दलित अभियानी चन्देश्वर सादा, मुन्नी दास, रामअशिष दास, रामशंकर पासमान सहितको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]