११ आश्विन २०८०, बिहिबार
28-09-2023 , Thu
×

यी हुन् हतियार देखाएरै खोला उत्खनन् गर्ने व्यक्ति

Logo
प्रकाशित शुक्रबार, माघ ०३, २०७६

न्यूजमधेश समचारदाता
जनकपुरधाम,३माघ।खोलाको दोहन गर्ने किसिमले उत्खनन् गरेपछि बिरोध गर्दा एक साताअघि मात्रै धनुषाको मिथिला नगरपालिका ५ श्रीनगर्का दिलिप महतो मारिएका छन् । उनको क्रसर व्यवसायीकै मिलोमतोमा हत्या भएको छ ।

उनको हत्यापछि हत्यारालाई कड कार्वाही, क्रसर उद्योगहरु बन्द गरिनुपर्ने, दिलिपलाई शहीद घोषणा गर्नुपर्नेसहितका मागहरु उठ्न थालेको छ । यो मागहरु पूरा नहुँदै एउटा यस्तो तथ्य बाहिर आएको छ, जसले नदी, खोलाको उत्खनन् गर्न हतियार समेतको प्रयोग भइरहेको छ धनुषामै ।

धनुषाको बटेश्वर गाउँपालिकामा भएको चित्रपुर खोलाको बालुवा, गिट्टी हतियार देखाएरै उत्खनन् गरिरहने एक व्यक्ति केहि महिना अगाडि मात्रै पक्राउ परेर हाल जलेश्वर कारागारमा छन् । हातहतियार तथा डकैति मुद्दामा पुर्पक्षका लागि कारागारमा थुनिएका ती व्यक्ति हुन् बटेश्वर गाउँपालिका वडा नम्बर १ का मनोज कुसवाहा ।

स्थानीय लक्ष्मी माविमा लेखाको काम गर्दै आएका उनी अधिकांस समय खोलामै दिन्थे उत्खनन्का निम्ति । २०७६ साल जेठ २५ गते हतियार देखाएरै स्थानीयलाई त्रसित बनाएर चित्रपुर खोला उत्खनन् गर्ने गरेका थिए । प्रहरीको टोलीले उनलाई हतियारसहित खोला उत्खनन् गरिरहेकै अवस्थामा नियन्त्रणमा लिएको थियो ।

बटेश्वर गाउँपालिका वडा नम्बर १ का अध्यक्ष शैलेन्द्र महतोले हतियारसहितै उनी उत्खनन् गर्दै आएकाले प्रहरीले पक्राउ गरेको बताए ।

आश्चर्यको कुरा त के छ भने कुसवाहाले बोक्ने गरेको पेस्तोलले डकैतिको घट्ना समेत गरिएको पाइएको छ ।

२०७५ साल साउन २५ गते मिथिला नगरपालिका ८ जमुनीबासस्थित चार जनाको घरमा डकैती हुँदा मनोजको साथबाट बरामद भएको हतियारले नै गोली फायर भएको देखिएको प्रहरीले जनाइसकेको छ ।

पुष्पलाल श्रेष्ठ, कृष्ण श्रेष्ठ, नवराज श्रेष्ठ र चन्द्रबहादुर श्रेष्ठको घरबाट लाखौंको डकैती भएको थियो । पेस्तोल, खुकुरी र लाठीसहित लुट्न आएका डाँकाहरुको समूहलाई समात्न खोज्दा डाँकाहरुले पुष्पलाल श्रेष्ठमाथि गोली चलाएर घाइते बनाएका थिए ।

श्रेष्ठमाथि प्रहार गरिएको गोलीको खोका केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा परीक्षण गराउँदा कुशवाहकै पेस्तोलबाट फायर भएको देखिएको प्रहरीको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका महासचिव जासर यादव विरुद्ध बैङ्किङ कसुरमा मुद्दा परेको छ । महासचिव यादव विरुद्ध कैलास महतो मुद्दा दर्ता गराएका हुन् । महतोले उनी विरुद्ध जिल्ला अदालत महोत्तरीमा मुद्दा दर्ता गराएका हुन् । उनी विरुद्ध ८ लाख रकम बराबरको बैङ्किङ कसुर गरेको आरोप लागेको छ। यादव विरुद्ध नै जिल्ला अदालत धनुषामा पनि […]

जनकपुरधाम ।लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का महासचिव जासर यादवलाई पक्राउ गर्न अदालतले आदेश गरेका छ्न। जिल्ला अदालत महोत्तरीले जिल्लाको एकडारा गाउँपालिका -४ चकवा बस्ने जिबछ यादवको छोरा लोसपाका महासचिव जासर यादवलाई बैँकङ्ग कसुर बिगो मुद्दामा गत असार १५ गते अदालतले पक्राउ गर्न आदेश दिएका हुन।अदालतले गरेको आदेशपछि असार १९ गते महासचिव यादवलाई पक्राउ गर्न अदालत पत्र जारी […]

जनकपुरधाम ।स्वाधीन मधेश जन अभियानका संयोजक प्रा.कैलाश महतोले लोसपाका महासचिव जासर यादवमाथी मुद्दा हालेका छ्न। महोत्तरीको एकडारा गाउँपालिका -४ चकवा घर भइ हाल रौतहटमा बसोबास गर्दै आइरहेका लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का महासचिव जासर यादव विरुद्ध अभियानका संयोजक महतोले बैङ्किङ कसुरमा मुद्दा दर्ता गराएका हुन। अभियानका संयोजक महतोले उनी विरुद्ध जिल्ला अदालत महोत्तरीमा मुद्दा दर्ता गराएको हो। अभियानका […]