२५ माघ २०८२, आइतबार
08-02-2026 , Sun
×

पर्यावरण जोगाउन युवालाई सुझाब

Logo
प्रकाशित शुक्रबार, माघ ०३, २०७६

कमलेश ठाकुर
जनकपुरधाम,३माघ।दिनानुदिन पर्यावरणमा पर्दै गएको असर बारे सचेत गराउँदै त्यसलाई जोगाउन युवालाई सुझाब दिएका छन् । बीहिबार नेपाल युथ नेटर्वकले जनकपुरधाममा आयोजना गरेको प्रदेस स्तरीय युवा गोष्ठीका सहभागिहरु पर्यावरण जोगाउन युवालाई सुझाएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य रामअशिष यादवले पर्यावरणको महत्तव बुझ्न नसक्ने देश पछाडि परेको उल्लेख गर्दै पर्यावरण जोगाउनमा युवाको भुमिका बारे जानकारी गराए । पर्यावरण परिर्वतनले विश्वमा परेको प्रभाव बारे चर्चा गर्दै त्यसको प्रभावबाट नेपाल पनि अछ्तो नरहेको उनले बताए ।

देशमा राजनीतिक आक्रमनले नै पर्यावरणमा प्रभाव परेको जिकिर गर्दै नेपालमा विकासको नाममा विनास भइरहेको उनको भनाई थियो । ‘विगतमा रेल सेवा सञ्चालन गरी तराईको आधा जंगल सखाप भयो,’उनले भने,‘पुर्व–पश्चिम महेन्द्र राजमार्ग, मदन भण्डारी राजमार्ग, निजगढमा बन्ने भनिएको अन्तर्राष्ट्रिय विमान स्थल सबै जंगल सखाप गर्ने रणनीति हो ।’

नेपालको धन भनिने हरियो बनमाथि पाँच वटा आक्रमण भएको भन्दै उल्लेख गर्दै त्यसप्रति युवाले पनि सचेत हुनु पर्ने उनले औल्याए । जंगल, चुरे देशको महत्तवपूर्ण सम्पत्ति रहेको भन्दै नेता त्उसप्रति अव सजग भएर विकास निर्माणको काम गर्नु पर्ने बताए । पहिलोको उत्पादन बारे सम्झिदै पर्यावरण परिर्वतनकै कारण उत्पादन घटेको उनले बताए । यस्तै अर्का प्रदेशसभा सदस्य रानी शर्मा तिवारीले पनि पर्यावरण जोगाउन युवाको महत्तवपूर्ण रहेको उल्लेख गरिन् ।

युवा र नेताप्रति लक्षित गर्दै बहस र छलफलमा आएका विषयहरु कार्यनव्यन गर्न सरोकार बलालाई सुझाइन् । युवाले टायर बालेर आन्दोनल गर्ने प्रवृति न्तय गर्नुपर्ने भन्दै युवाको प्रत्येक सकारात्म कार्यमा साथ दिने प्रतिबद्धतासमेत गरिन् । ‘युवाले एउटा उपलब्धी हासिल गर्न अर्को उपलब्धि गुमाइरहेका हुन्छन्,’उनले भनिन्, ‘टायर बालेर अधिकार माग्दै अर्को उपलब्धि गुमिरहेको हुन्छन्, त्उसप्रति पनि युवा सजग हुनु पर्छ ।’

यस्तै, अर्का प्रदेशसभा सदस्य सरस्वती चौधरीले सबैजना मिले पर्यावरण जोगाउनु पर्ने माग गरे । मानव वस्ती जोगाउन सरोकारबला सबै जना एकजुट भएर पर्यावरण बचाउनु पर्ने बताइन् । ‘प्रदेश सरकारले युवालाई विदेश पलायन गरी रेमिट्यान्स भित्र्यिाउने नीति मात्रै बनाएर हुँदैनन्,’उनले भनिन्,‘अव स्वरोजगारको नीति बनाउनु पर्छ , युवालाई देशमै रोजगारीको व्यवस्था गर्नु पर्छ ।’

नेपाल युथ नेटर्वकले प्रदेश युवा सञ्जालसमेत गठन गरेका छन् । सञ्जालको धनुषाका अध्यक्षमा रक्कीप्रसाद साह, उपाध्यक्ष पदमा बाराकी राजकुमारी गिरी, अर्को उपाध्यक्षमा सप्तरीका तिर्थ नारायण राय, सचिवमा पर्साका जया साह, सहसचिवमा सर्लाहीका सन्दीप थापा, कोषध्यक्षमा धनुषाकी खुश्बु साह रहेकी छिन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]