२१ आषाढ २०८२, आइतबार
06-07-2025 , Sun
×

पर्यावरण जोगाउन युवालाई सुझाब

Logo
प्रकाशित शुक्रबार, माघ ०३, २०७६

कमलेश ठाकुर
जनकपुरधाम,३माघ।दिनानुदिन पर्यावरणमा पर्दै गएको असर बारे सचेत गराउँदै त्यसलाई जोगाउन युवालाई सुझाब दिएका छन् । बीहिबार नेपाल युथ नेटर्वकले जनकपुरधाममा आयोजना गरेको प्रदेस स्तरीय युवा गोष्ठीका सहभागिहरु पर्यावरण जोगाउन युवालाई सुझाएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य रामअशिष यादवले पर्यावरणको महत्तव बुझ्न नसक्ने देश पछाडि परेको उल्लेख गर्दै पर्यावरण जोगाउनमा युवाको भुमिका बारे जानकारी गराए । पर्यावरण परिर्वतनले विश्वमा परेको प्रभाव बारे चर्चा गर्दै त्यसको प्रभावबाट नेपाल पनि अछ्तो नरहेको उनले बताए ।

देशमा राजनीतिक आक्रमनले नै पर्यावरणमा प्रभाव परेको जिकिर गर्दै नेपालमा विकासको नाममा विनास भइरहेको उनको भनाई थियो । ‘विगतमा रेल सेवा सञ्चालन गरी तराईको आधा जंगल सखाप भयो,’उनले भने,‘पुर्व–पश्चिम महेन्द्र राजमार्ग, मदन भण्डारी राजमार्ग, निजगढमा बन्ने भनिएको अन्तर्राष्ट्रिय विमान स्थल सबै जंगल सखाप गर्ने रणनीति हो ।’

नेपालको धन भनिने हरियो बनमाथि पाँच वटा आक्रमण भएको भन्दै उल्लेख गर्दै त्यसप्रति युवाले पनि सचेत हुनु पर्ने उनले औल्याए । जंगल, चुरे देशको महत्तवपूर्ण सम्पत्ति रहेको भन्दै नेता त्उसप्रति अव सजग भएर विकास निर्माणको काम गर्नु पर्ने बताए । पहिलोको उत्पादन बारे सम्झिदै पर्यावरण परिर्वतनकै कारण उत्पादन घटेको उनले बताए । यस्तै अर्का प्रदेशसभा सदस्य रानी शर्मा तिवारीले पनि पर्यावरण जोगाउन युवाको महत्तवपूर्ण रहेको उल्लेख गरिन् ।

युवा र नेताप्रति लक्षित गर्दै बहस र छलफलमा आएका विषयहरु कार्यनव्यन गर्न सरोकार बलालाई सुझाइन् । युवाले टायर बालेर आन्दोनल गर्ने प्रवृति न्तय गर्नुपर्ने भन्दै युवाको प्रत्येक सकारात्म कार्यमा साथ दिने प्रतिबद्धतासमेत गरिन् । ‘युवाले एउटा उपलब्धी हासिल गर्न अर्को उपलब्धि गुमाइरहेका हुन्छन्,’उनले भनिन्, ‘टायर बालेर अधिकार माग्दै अर्को उपलब्धि गुमिरहेको हुन्छन्, त्उसप्रति पनि युवा सजग हुनु पर्छ ।’

यस्तै, अर्का प्रदेशसभा सदस्य सरस्वती चौधरीले सबैजना मिले पर्यावरण जोगाउनु पर्ने माग गरे । मानव वस्ती जोगाउन सरोकारबला सबै जना एकजुट भएर पर्यावरण बचाउनु पर्ने बताइन् । ‘प्रदेश सरकारले युवालाई विदेश पलायन गरी रेमिट्यान्स भित्र्यिाउने नीति मात्रै बनाएर हुँदैनन्,’उनले भनिन्,‘अव स्वरोजगारको नीति बनाउनु पर्छ , युवालाई देशमै रोजगारीको व्यवस्था गर्नु पर्छ ।’

नेपाल युथ नेटर्वकले प्रदेश युवा सञ्जालसमेत गठन गरेका छन् । सञ्जालको धनुषाका अध्यक्षमा रक्कीप्रसाद साह, उपाध्यक्ष पदमा बाराकी राजकुमारी गिरी, अर्को उपाध्यक्षमा सप्तरीका तिर्थ नारायण राय, सचिवमा पर्साका जया साह, सहसचिवमा सर्लाहीका सन्दीप थापा, कोषध्यक्षमा धनुषाकी खुश्बु साह रहेकी छिन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]