०९ चैत्र २०८२, मंगलबार
24-03-2026 , Tue
×

गतिशून्य अवस्थामा सरकार टिक्न सक्दैन्:अनिल महासेठ

Logo
प्रकाशित शुक्रबार, माघ ०३, २०७६

न्यूजमधेश समचारदाता
जनकपुरधाम,३माघ।प्रदेश २ मा चालु आर्थिक वर्षको ६ महिना बितिसक्दापनि बजेट खर्चको प्रकृया अगाडी बढेको छैन् ।राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका केन्द्रिय सदस्य अनिल महासेठले सरकार गतिशून्य अवस्थामा धेरै समय टिक्न नसक्ने टिप्पणी गरेका छन् ।

राजपाले राष्ट्रिय सभा चुनावका लागि संघीय सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)सित तालमेल गरेपछि प्रदेश २ को सरकारमा ग्रहण लागेको संकेतहरु देखिन थालेका छन् ।नेता महासेठले भने, प्रदेश सरकारले दिन काटिरहेकोछ ।

‘गत वर्षमा उपभोक्ता समितिहरु मर्फत भएको कामको ८७ करोड भुक्तानी बाँकी छ’ उनले भने, सरकारले त्यो रकम दिन सहज छैन्, तर भुक्तानी नभए सरकारले काम अगाडी बढाउन सक्ने अवस्थापनि छैन् ।

राजपा र नेकपाबीच भएको तालमेलको असर प्रदेश २ को सरकारमा पर्ने समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलेपनि बताउन थालेका छन् ।

राजपाका नेता महासेठले समाजिक सञ्जालमा लेखेका छन् ‘संघीयताको जननी मधेश हो । त्यसैमध्ये हालको प्रदेश २ सरकारको नेतृत्वकर्ता मुख्यमन्त्री लालबाबु राउतजीसँग त्यो सरकारको लोकसेवा आयोग पास मन्त्रीजीहरु तपाईंहरुको सरकारको दोस्रो वर्षको आठ महिनामा एक रुपैयाँ पनि विकास खर्च गर्न सक्नु भएको छैन ।’

मुख्यमन्त्री लालबाबु राउत र वरिष्ठ मन्त्री जितेन्द्र सोनललाई सचेत गराउँदै उनले अगाडी भनेका छन् , ‘पुरानो वर्षको उपभोक्ताहरुको पैसा त तिर्न सक्नु भएन । अझ पनि समय छ, सिरियस हुनुस्। नत्र कुनै दिन राति सुतेर बिहान हेर्दा संघीयता नि हुँदैन पद नि रहँदैन ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]