०६ फाल्गुण २०८२, बिहिबार
19-02-2026 , Thu
×

समाजबादीका नेता तथा कार्यकर्ता अन्य पार्टीमा गएको छैन, बरबरियाको भ्रममा नपर्न नगर अध्यक्ष यादवको आग्रह

Logo
प्रकाशित शुक्रबार, माघ ०३, २०७६

न्यूजमधेश समचारदाता
जनकपुरधाम,३माघ।समाजबादी पार्टीका शहिदनगर नगर अध्यक्ष दिनेश कुमार यादले धनुषा क्षेत्र न.२ शहिदनगर नगरपालिका का समाजबादीका नेता तथा कार्यकर्ता कुनै पनि अन्य पार्टीमा प्रवेश नगरेको बताएका छन । एक पार्टीले आफ्नै कार्यकर्तालाई पार्टी प्रवेश गराई रिनु गराउने काम गरेको समाजबादीका नेता कार्यकर्ता प्रवेश गरेको भ्रम फैलाउन खोजेको नगर अध्यक्ष यादवले टिप्पणी गरे ।

झुठ र भ्रमको खेती गर्दै राजनीतिक स्वार्थ पूरा गर्न खप्पिस सहिद नगरपालिकाका मेयर उदय बरबरिया पछिल्लो समय समाजबादी पार्टीका नेता तथा कार्यकर्तालाई भ्रमित गरि आफ्नो नेतालाई खुशी पार्न आफ्नै कार्यकर्तालाई रीनु गराएर तल्लो स्तरको हरकत गरेको ब्यंग्य गरे । नगर अध्यक्ष यादव भन्छन -“समाजबादी पार्टीका नेता कार्यकर्ता पार्टी र जनभावना प्रति निश्पक्ष रहेको छ ।

बरबरियाको भ्रममा पर्दैन्न। जनताले उनको काम र भ्रष्टाचारको मूल्यांकन गरिसकेको छ ।” जनताको मत लिएर नगरवासीलाई सेवा दिन नसकेका मेयर बरबरिया धनुषा क्षेत्र नं २ शहिदनगरमा निकै कम्जोर साबित हुँदै गएकोले आफ्नै कार्यकर्तालाई प्रवेश गराएर जुरमुराउन खोजेको समाजबादी पार्टी, सहिद नगरपालिका वडा नं.१ का नेता एवं समाजवादी युवा जिल्ला सचीव बिजय कुमार यादव को टिप्पणी छ । एक जना पनि पार्टी प्रवेश नभएपछी बरबरियाले नाटक मंचन्न गरेको आफ्नै कार्यकर्ता लाई रिनुएवल गरेको युवा नेता बिजयले कटाक्क्ष गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]