२२ पुष २०८२, बुधबार
07-01-2026 , Wed
×

विद्यार्थीको सहुलियत छुटको कार्यानव्यन गराउन प्रजिअलाई विद्यार्थी जनमतको ज्ञापन

Logo
प्रकाशित शुक्रबार, माघ ०३, २०७६

मनोज मोरवैता

सिरहा,३माघ।विद्यार्थीहरुलाई यातायातमा आवतजावतमा नेपाल सरकारले दिएको ४५ प्रतिसत छुटको सहुलियत कार्यान्वयन नभएको प्रति विद्यार्थी जनमत संघको ध्यानाकषर्ण भएको छ ।

विद्यार्थीहरुलाई प्रदान गरिएको सहुलियतलाई कार्यान्वयन गराउन पहलका लागि संघ सिरहाले बिहिवार जिल्ला प्रशासन कार्यालय सिरहामा ज्ञापनपत्र वुझाएको छ ।

विद्यार्थीहरुले आफनो सहुलियत छुटकै विषयमा आवाज उठाउदै लहानमा कुटिनु र दुव्यवहार खेप्नु परेको ज्ञापनपत्रमा उल्लेख गर्दे यस किसीमका घटना पुनः घटन नदिन र नेपाल सरकारको निर्णयलाई कार्यान्वयन गराउन ज्ञापनपत्र माफर्त माग गरिएको छ ।

जनमत विद्यार्थी संघका युवा नेता अरविन्द सहनीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय सिरहा पुगेर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र वुझाउदै निर्णयलाई कार्यान्वय गराउन तथा विद्यार्थीमाथि पुनः पुनः हातपात जस्तो आपराधिक घटना घटन नदिनका लागि माग गरेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]