१४ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

आसमानको आफ्नै आपत्कालिन कोष

Logo
प्रकाशित शनिबार, माघ ०४, २०७६

न्यूजमधेश समाचारदाता
जनकपुरधाम,४ माघ।आसमान नेपाल नामको गैर सरकारी संस्थाले आफ्नै आपत्कालिन कोषको स्थापना गरेको छ । जनकपुरलाई केन्द्र बनाएर तराईसमेत नेपालका विभिन्न जिल्लामा शाखा विस्तार गरी शिक्षा, स्वास्थ्य, बाल संरक्षण, सुशासन र विपद् व्यवस्थापनका लागि काम गर्ने गैर सरकारी संस्था आसमान नेपालले आपत्कालिन कोष स्थापना गरेका छन् ।

प्रदेश २ का सबै तथा धादिङ र सल्यान लगायत जिल्लामा विभिन्नदातृ निकायसंग मिलेर काम गर्ने आसमानसंग करिब पाँच सय भन्दा बढी कर्मचारी आवद्ध छन् । ती सबै कर्मचारी, कार्य समितिका पदाधिकारी तथा सधारण सदस्यले पाँचदिन बराबरको तलब, सुविधा वापत आउने रकम जम्मा गरेर कोष स्थापना गरिएको आसमानका कार्यकारी निर्देशक नवलकिशोर यादवले जनाए ।

स्थापनासँगै कोषमा करिब आठ लाख भन्दा बढी रकम जम्मा भएको उल्लेख गर्दै उनले आर्थिक सहयोगको आधारमा सर्वसधारणलाई पनि जोड्ने नीति लिएको उनले बताए । भविष्यमा आइपर्ने आपत्कालिन अवस्थालाई मध्यनजरगरी स्थापना गरिएको कोषको संरक्षण तथा परिचालनको लागि स्थानीय, प्रदेश तथा संघीय सरकारसंग सहकार्य गरी अघि बढ्ने उनको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]