०८ माघ २०८२, बिहिबार
22-01-2026 , Thu
×

आसमानको आफ्नै आपत्कालिन कोष

Logo
प्रकाशित शनिबार, माघ ०४, २०७६

न्यूजमधेश समाचारदाता
जनकपुरधाम,४ माघ।आसमान नेपाल नामको गैर सरकारी संस्थाले आफ्नै आपत्कालिन कोषको स्थापना गरेको छ । जनकपुरलाई केन्द्र बनाएर तराईसमेत नेपालका विभिन्न जिल्लामा शाखा विस्तार गरी शिक्षा, स्वास्थ्य, बाल संरक्षण, सुशासन र विपद् व्यवस्थापनका लागि काम गर्ने गैर सरकारी संस्था आसमान नेपालले आपत्कालिन कोष स्थापना गरेका छन् ।

प्रदेश २ का सबै तथा धादिङ र सल्यान लगायत जिल्लामा विभिन्नदातृ निकायसंग मिलेर काम गर्ने आसमानसंग करिब पाँच सय भन्दा बढी कर्मचारी आवद्ध छन् । ती सबै कर्मचारी, कार्य समितिका पदाधिकारी तथा सधारण सदस्यले पाँचदिन बराबरको तलब, सुविधा वापत आउने रकम जम्मा गरेर कोष स्थापना गरिएको आसमानका कार्यकारी निर्देशक नवलकिशोर यादवले जनाए ।

स्थापनासँगै कोषमा करिब आठ लाख भन्दा बढी रकम जम्मा भएको उल्लेख गर्दै उनले आर्थिक सहयोगको आधारमा सर्वसधारणलाई पनि जोड्ने नीति लिएको उनले बताए । भविष्यमा आइपर्ने आपत्कालिन अवस्थालाई मध्यनजरगरी स्थापना गरिएको कोषको संरक्षण तथा परिचालनको लागि स्थानीय, प्रदेश तथा संघीय सरकारसंग सहकार्य गरी अघि बढ्ने उनको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]